च्याम्पियन्स लिग : एट्लेटिकाे मड्रिड र बायर्नकाे फराकिलाे जीत, बार्सिलाेना र न्युकासलबीच बराबरी

 फागुन २६, २०८२ बुधबार ५:२९:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

गेटी इमेजेज

काठमाण्डाै – युरोपेली च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा गएराति भएका खेलमा एट्लेटिको मड्रिड र बायर्न म्युनिख विजयी भएका छन् ।

घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोलेले टोटनहम हट्सपरलाई ५–२ गोलले हरायो । एट्लेटिकोका जुलयान अल्भारेजले २ तथा मार्काेस लोरेन्टे, एन्टोइन ग्रिजम्यान र रोबिन ले नर्मान्डले १/१ गोल गरे । टोटनहमका पेड्रो पोरो र डोमिनिक सोलान्केले गोल गरे ।

यस्तै बायर्नले घरेलु टोली एटलान्टालाई ६–१ गोलले हरायो । बायर्नका माइकल ओलिसले २ तथा सर्ज ग्नाब्रे, जोसिप स्टानिसिक, निकोलस ज्याक्सन र जमाल मुसिलाले १/१ गोल गरे । एटलान्टाका मारियो पासालिकले गोल गरे ।

यस्तै गएराति नै भएको खेलमा घरेलु टोली न्युकासल बार्सिलोनासँग १–१ गोलको बराबरीमा रोकियो । न्युकासलका हार्भे बार्नेस र बार्सिलोनाका लामिन यामलले गोल गरे ।

यस्तै हिजो भएको पहिलो खेलमा घरेलु टोली गालातासारेले लिभरपुललाई १–० गोलले हरायो । गालातासारेका मारियो लेमिनालेले गोल गरे ।

च्याम्पियन्स लिगमा आर्सनल २४ अङ्कसहित शीर्ष, बायर्न २१ अङ्कसहित दोस्रो र लिभरपुल १८ अङ्कसहित तेस्रो स्थानमा छन् ।

अन्तिम अपडेट: चैत २९, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया