अस्ट्रेलियाले इरानी महिला फुटबल टोलीका थप दुई सदस्यलाई शरण दियो

 फागुन २७, २०८२ बुधबार ९:५:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : राेयटर्स

काठमाण्डाै – अस्ट्रेलिया सरकारले इरानी महिला फुटबल टोलीका थप दुई सदस्यलाई शरण दिएको छ । सुरक्षा कारण देखाउँदै घर फर्किन नसकेका एक खेलाडी र कर्मचारीलाई मानवीय भिसा प्रदान गरेको अस्ट्रेलियाका गृहमन्त्री टोनी बर्कले बताउनुभएको छ ।

यसअघि सरकारले हिजो पाँच इरानी महिला फुटबल खेलाडीलाई शरण दिएको थियो । एशियन कपबाट बाहिरिएपछि इरानी महिला फुटबल टोलीका सदस्यहरू घर फर्कनुपर्ने थियो तर गएको हप्ता दक्षिण कोरियासँगको खेलअघि टोलीले राष्ट्रिय गान गाउन अस्वीकार गरेपछि समर्थकहरूले उनीहरूको सुरक्षाका लागि चिन्ता व्यक्त गरेका थिए ।

यो घटनापछि इरानभरि आलोचना बढेको छ । एक रूढिवादी टिप्पणीकारले टोलीलाई युद्धकालीन देशद्रोही भएको आरोप लगाउँदै कठोर सजायका लागि जोड दिएका छन् ।

अस्ट्रेलियाको मानवीय भिसा कार्यक्रमले शरणार्थी र मानवीय आवश्यकतामा परेका मानिसहरूलाई स्थायी सुरक्षा प्रदान गर्दछ । त्यस्तो भिसा भएकाहरूले अस्ट्रेलियामा बस्न, काम गर्न र अध्ययन गर्न सक्छन् ।

अन्तिम अपडेट: बैशाख ३, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया