गुल्मीमा आजदेखि हप्तामा चार उडान
बैशाख ५, २०८३ शनिबार
काठमाण्डाै – पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेट २०२६ को उद्घाटन र फाइनल खेल दुवै लाहोरको गद्दाफी स्टेडियममा हुने भएको छ । पाँच वर्षमा चौथो पटक गद्दाफी स्टेडियममा पीएसलको फाइनल खेल हुने भएको हो ।
११औँ संस्करणको पीएसएल यही मार्च २६ देखि मे ३ सम्म हुनेछ । प्रतियोगितामा पहिलो पटक आठ वटा टोली सहभागी हुँदैछन् । प्रतियोगितामा पाकिस्तानका ६ वटा शहर–लाहोर, कराँची, रावलपिन्डी, मुल्तान, फैसलाबाद र पेशावरमा सञ्चालन हुनेछ ।
टोलीहरूको सङ्ख्या बढेसँगै प्रतियोगिताको ढाँचामा परिवर्तन आएको छ । पहिलो पटक सबै टोलीले एकअर्कासँग दुई पटक खेल्ने छैनन् ।
पीएसएलमा लाहोर कलन्दर्स साविक विजेता हो, लाहोरले पछिल्ला चार संस्करणमध्ये तीन पटक उपाधि जितेको छ ।
यसैबीच नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई इस्लामाबाद युनाइटेडले टोलीमा अनुबन्ध गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।