गुल्मीमा आजदेखि हप्तामा चार उडान
बैशाख ५, २०८३ शनिबार
काठमाण्डौ – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य चुनावमा प्रत्यक्षतर्फ प्रतिष्पर्धा गरेकामध्ये २ हजार ८ सय ९० जनाको जमानत जफत भएको छ । चुनावमा तीन हजार चार सय ६ जना उम्मेदवार रहेकामा २ हजार ८ सय ९० जनाको जमानत जफत भएको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो ।
५ सय १६ जनाले मात्रै जमानत जोगाएका छन् । चुनावमा भाग लिनका लागि उम्मेदवारले कानून बमोजिम निश्चित धरौटी रकम राख्नुपर्ने व्यवस्था छ । यदि ती उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रको कुल सदर मतको १० प्रतिशत मत पाएमा जमानत फिर्ता हुन्छ ।
१० प्रतिशत भन्दा कम मत पाउनेको जमानत जफत हुन्छ । जमानत जफत भएका मध्ये ३ सय ५० जनाले त एक मत पनि पाएका छैनन् । ती उम्मेदवारले आफूले आफैंलाई वा आफ्नो परिवार वा प्रश्तावक र समर्थकले समेत मत नदिएका हुन् ।
जमानत जोगाउन सफल ५ सय १६ जना उम्मेदवारले आफ्नो धरौटी रकम फिर्ता पाउनका लागि चुनावको अन्तिम परिणाम सार्वजनिक भएको ९० दिनभित्र निर्वाचन आयोगमा निवेदन दिनुपर्नेछ । ऋतपूर्वक निवेदन दिएपछि उनीहरुले कानून बमोजिम आफ्नो रकम फिर्ता पाउने आयोगले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।