गुल्मीमा आजदेखि हप्तामा चार उडान
बैशाख ५, २०८३ शनिबार
काठमाण्डौ – नेपालले साफ २० वर्षमुनिको च्याम्पियनशिपमा पहिलो खेल भुटानसँग खेल्ने भएको छ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ)ले आज सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले २३ मार्च अर्थात् चैत ९ गते भूटानसँग खेल्दै प्रतियोगिता शुरूआत गर्नेछ ।
माल्दिभ्सको राजधानी मालेमा रहेको नेशनल स्टेडियममा आयोजना हुने प्रतियोगिता २३ मार्चदेखि ३ अप्रिलसम्म सञ्चालन हुनेछ । नेपाल गएको संस्करणको उपविजेता टोली हो । सन् २०२४ मा नेपालमै भएको प्रतियोगिताको फाइनल खेलमा ४–१ गोलले पराजित गर्दै बङ्गलादेशले उपाधि जितेको थियो ।
नेपाल रहेको समूह ‘ए’ मा आयोजक माल्दिभ्ससँगै श्रीलङ्का र भूटान पनि छन् । नेपालले दोस्रो खेल चैत ११ गते श्रीलङ्कासँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल १३ गते आयोजक माल्दिभ्ससँग खेल्नेछ । समूह ‘बी’ मा बङ्गलादेश, भारत र पाकिस्तान छन् ।
समूह चरणपछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल यही चैत २० गते हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।