गुल्मीमा आजदेखि हप्तामा चार उडान
बैशाख ५, २०८३ शनिबार
चितवन – भरतपुर महानगरपालिकाले बसपार्क बाहिर गाडी कर उठाउन नपाउने भएको छ । आज बसेको जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले महानगरपालिकाले उठाउँदै आएको गाडी कर अब केन्द्रीय बस टर्मिनल र नारायणगढ बसपार्कबाट मात्र सङ्कलन गर्ने व्यवस्था गरेको हो ।
मुख्य बजार क्षेत्रको यातायात व्यवस्थालाई व्यवस्थित बनाउन बसपार्क बाहिर गाडी कर सङ्कलन बन्द गर्ने निर्णय गरेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले भरतपुर महानगरक्षेत्रभित्र रहेका यातायात व्यवसायी संस्थाका टिकट काउण्टर पनि ४८ घण्टाभित्र सम्बन्धित बसपार्कमा स्थानान्तरण गर्न निर्देशन दिएको छ ।
अब बसपार्कभन्दा बाहिर कतै पनि बसका टिकट काट्न नपाउने शर्माले जानकारी दिनुभयो । यसअघि बसेको बैठकले भरतपुर महानगरको यातायात व्यवस्थित गर्न लामो तथा छोटो दूरीका गाडी सञ्चालन, मालवाहक गाडीको रुट व्यवस्थापन, ध्वनि प्रदूषण नियन्त्रण, पार्किङ, टिकट काउण्टर व्यवस्थापन र सडक पूर्वाधार सुधारसम्बन्धी निर्णय गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।