गुल्मीमा आजदेखि हप्तामा चार उडान
बैशाख ५, २०८३ शनिबार
काठमाण्डौ – शेयर बजार आज पनि उच्च अङ्कले घटेको छ । हिजो ३२.८ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ४६.७८ अङ्कले घटेर २७९६.५७ विन्दुमा झरेको छ । चुनाव सकिएपछिको पहिलो कारोबार दिन अस्ति सोमवार तीनवटा ब्रेकरसहित १ सय ६२ अङ्कले बढेको नेप्से हिजो र आज लागातार घटेको हो ।
आज म्यूचुल फण्ड बाहेक सबै समूहको शेयर घट्दा व्यापार समूह झन्डै साढे ३ प्रतिशतले घटेको छ । यस्तै फाइनान्स समूह पनि २ प्रतिशत भन्दा धेरैले घट्यो । आज कालिका पावर कम्पनीको शेयर झन्डै साढे ८ प्रतिशतले घट्यो ।
समग्रमा बजार घटे पनि साल्पा विकास बैंकको शेयर १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ । नेशनल हाइड्रो र रियलाइन्स स्पीनिङ मिलको शेयर पनि झन्डै १० प्रतिशतले बढ्यो ।
आज नेप्सेसँग कारोबार रकममा पनि ठूलो गिरावट आएको छ । हिजो २१ अर्ब रुपैयाँ भन्दा धेरैको कारोबार भएकोमा आज ३ सय २९ वटा कम्पनीका ३ करोड ६० लाख कित्ता शेयर १३ अर्ब १८ करोड रुपैयाँमा किनबेच भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।