यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई जाँदै

 फागुन २७, २०८२ बुधबार १५:५८:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल वायु सेवा निगमले आज राति ‘स्पेशल फ्लाइट’ अर्थात् विशेष उडान मार्फत दुबईको विमानस्थलमा रोकिएका यात्रुको उद्धार गर्ने जनाएको छ । निगमले आज सूचना निकालेर आज राति सवा ११ बजे वाइडबडी विमानबाट नेपालमा रोकिएका यात्रु दुबई लैजाने र दुबईबाट काठमाण्डौ आउनका लागि रोकिएका यात्रुलाई उद्धार गरी स्वदेश फिर्ता ल्याउने जानकारी गराएको हो ।

आज राती दुबई जाने विमान भोलि बिहान ४ बजेर १० मिनेटमा काठमाण्डौ फर्किने तालिकामा उल्लेख छ । इजरायल अमेरिका र इरान युद्ध सुरु भएपपछि रोकिएका यात्रुको उद्धारका लागि १२औँ दिनपछि पहिलोपटक निगमले दुबईमा विशेष उडान भर्न लागेको निगमका कार्यकारी निर्देशक अमृतमान श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार ‘पहिलो जो आउँछ उसैलाई पहिलो सेवा’ भन्ने मान्तयाका साथ यात्रुलाई प्राथमिकतामा राखिएको छ । उहाँले आज राति २ सय ८० जना यात्रु दुबई पुग्ने निगमले जनाएको छ । खासगरी दुबईमा उद्धारको पर्खाइमा रहेका यात्रुलाई स्वदेश ल्याउने उद्देश्यले स्पेशल फ्लाइटको व्यवस्था गरेको निगमका कार्यकारी निर्देशक अमृतमान श्रेष्ठले उल्लेख गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख २, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया