गुल्मीमा आजदेखि हप्तामा चार उडान
बैशाख ५, २०८३ शनिबार
काठमाण्डौ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२० अन्तर्राष्ट्रिय अलराउन्डर वरीयतामा चौथो स्थानमै यथावत् रहेका छन् । आईसीसीले हिजोसम्मको अपडेट राखी आज अद्यावधिक गरेको नयाँ वरीयता अनुसार दीपेन्द्र लगातार तेस्रो हप्ता पनि चौथोमै रहेका हुन् ।
आइतवार सम्पन्न आईसीसी टी–२० विश्वकपको समूह चरणमा गरेको प्रदर्शनपछि तीन हप्ताअघि दीपेन्द्रको वरीयता सुधार भएर छैटौँबाट चौथोमा उक्लिएका थिए । दीपेन्द्रले टी–२० विश्वकपमा नेपालका लागि सबैभन्दा धेरै १ सय ६९ रन बनाएका थिए ।
उनले बलिङमा २ विकेट लिए । त्यही प्रदर्शनबाट दीपेन्द्रको रेटिङ अङ्क बढेर अहिलेसम्मकै उच्च २ सय ४४ पुगेको छ ।
अलराउन्डर वरीयताको शीर्ष स्थानमा जिम्बाबेका सिकन्दर राजा र भारतका हार्दिक पान्ड्या दोस्रोमै यथावत् रहेका छन् । तेस्रो स्थानमा पाकिस्तानका सइम अयुब र पाँचौँमा अफगानिस्तानका अजमतुल्लाह ओमरजाई यथावत् छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।