गुल्मीमा आजदेखि हप्तामा चार उडान
बैशाख ५, २०८३ शनिबार
अमेरिकी व्यवसायी यलन मस्क यस वर्ष पनि विश्वका धनी व्यक्तिको पहिलो सूचीमा कायमै रहनुभएको छ । फोर्ब्स पत्रिकाले सार्वजनिक गरेको विश्वका अर्बपतिहरूको वार्षिक सूची अनुसार मस्क गएको वर्ष जस्तै यसवर्ष पनि सबैभन्दा धनी व्यक्ति बन्नुभएको हो । उहाँको कुल सम्पत्ति ८ खर्ब ३९ अर्ब अमेरिकी डलर रहेको छ ।
मस्कको सम्पत्ति गएको वर्षको भन्दा ४ खर्ब ९७ अर्ब अमेरिकी डलरले बढेको हो । मस्कको सम्पत्ति मानिसले व्यक्तिको नाममा सम्पत्ति कायम गर्न थालेपछिको कुनै पनि व्यक्तिले रेकर्ड गरेको सबैभन्दा धेरै सम्पत्ति हो । सूचीको दोस्रो स्थानमा रहेका लारी पेजको सम्पत्ति २ खर्ब ५७ अर्ब डलर छ ।
त्यस्तै तेस्रो स्थानका सर्जेइ ब्रिनको सम्पत्ति २ खर्ब ३७ अर्ब डलर रहेको फोर्ब्सले जनाएको छ । फेसबुकका संस्थापक मार्क जुकेरवर्ग २ खर्ब २२ अर्ब डलरसहित पाँचौ स्थानमा पर्नुभएको छ । यो सूचीमा नेपालबाट विनोद चौधरी मात्रै पर्नुभएको छ । उहाँ २ अर्ब १ करोड डलर सम्पत्तिसहित सूचीको १ हजार ९ सय ८२औं स्थानमा हुनुहुन्छ छ ।
फोर्ब्सले बर्सेनि सार्वजनिक गर्ने सूची यस वर्ष चालिसौं हो । यसपटक वार्षिक अर्बपति सूचीमा ३ हजार ४ सय २८ जना अर्बपति समावेश छन्, जुन गत वर्षको तुलनामा ४ सय जना अर्थात् १३.२ प्रतिशतले बढी हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।