गुल्मीमा आजदेखि हप्तामा चार उडान
बैशाख ५, २०८३ शनिबार
काठमाण्डौ – पश्चिम एशिया (मध्यपूर्व)मा पछिल्लो समय उत्पन्न सुरक्षा चुनौती र त्यहाँ रहेका नेपाली नागरिकको अवस्थालाई लिएर नेपाल सरकार र परराष्ट्र मन्त्रालय गम्भीर रहेको सरकारले स्पष्ट पारेको छ ।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले पश्चिम एशियाको विकसित घटनाक्रमलाई मन्त्रालयले नजिकबाट नियालिरहेको र अहिलेसम्म त्यहाँ रहेका नेपालीहरु सुरक्षित रहेको जानकारी दिनुभएको हो । परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सचिव राईले तत्कालै नेपाली नागरिकलाई उद्धार गरेर स्वदेश फर्काउनुपर्ने जस्तो जोखिमपूर्ण अवस्था नरहेको स्पष्ट पार्नुभयो ।
सचिव राईकाअनुसार परराष्ट्र मन्त्रालयले पश्चिम एशियामा रहेका आफ्ना कुटनीतिक नियोगहरूसँग दैनिक रूपमा बिहान र बेलुका गरी दुई पटकसम्म सम्पर्क गरिरहेको छ । सरकारले गठन गरेको ‘इमर्जेन्सी रेस्पोन्स टिम’ को बैठकले गरेका निर्णयहरु कार्यक्षेत्रमा रहेका नेपाली नियोगहरुमार्फत निरन्तर कार्यान्वयन भइरहेको उहाँले जानकारी दिनुभयो ।
नेपालले अन्य श्रम गन्तव्य देशहरुसँग पनि समन्वय गरिरहेको पनि जानकारी दिनुभयो । भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का लगायतका धेरै श्रमिक पठाउने देशका दुतावास र मिसनहरूसँग नेपाली राजदुत र कन्सुल जनरलहरुले दैनिक रूपमा समन्वय गरिरहेको सचिव राईले बताउनुभयो ।
सरकारले नागरिकको उद्धार गर्न सक्दैन कि भन्ने प्रश्नको जवाफ दिँदै सचिव राईले सरकार आफ्नो नागरिकको रक्षा गर्न पूर्ण रूपमा सक्षम रहेको दाबी गर्नुभयो । कुनै विकल्प नभएको खण्डमा सरकारले जुनसुकै हालतमा पनि उद्धार गर्ने परराष्ट्र मन्त्रालयका सचिव राईको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।