गुल्मीमा आजदेखि हप्तामा चार उडान
बैशाख ५, २०८३ शनिबार
काठमाण्डाै – नेपालकाे विदेशी मुद्रा सञ्चिति ३३ खर्ब रुपैयाँ नाघेकाे छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार चालू आर्थिक वर्षकाे ७ महिनामा विदेशी मुद्रा सञ्चिति २३ दशमलव ३ प्रतिशतले बढेर ३३ खर्ब २ अर्ब रुपैयाँ पुगेको छ । गएको असार मसान्तसम्म विदेशी मुद्रा सञ्चिति २६ खर्ब ७७ अर्ब रुपैयाँ रहेकाे थियाे ।
यस्तै ७ महिनामा चालू खाता ४ खर्ब ९३ अर्ब ७८ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको यही अवधिमा चालू खाता १ खर्ब ८४ अर्ब १४ करोड रुपैयाँले बचतमा रहेको थियो ।
यस्तै शाेधनान्तर स्थिति ५ खर्ब ७३ कराेड रुपैयाँले बचतमा रहेकाे छ । अघिल्लो वर्षको यही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ८४ अर्ब ४१ करोड रुपैयाँले बचतमा रहेको थियो ।
त्यस्तै गएकाे माघ मसान्तसम्ममा १० अर्ब २२ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको यही अवधिमा प्रत्यक्ष वैदेशिक लगानी ७ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।