अमेरिका र इजरायलसँगको युद्ध अन्त्य गर्न इरानी राष्ट्रपतिको तीन वटा शर्त

 फागुन २८, २०८२ बिहीबार ८:३९:५३ | एजेन्सी
unn.prixa.net

गेटी इमेजेज

इरानका राष्ट्रपति मसूद पेजेश्यिकानले युद्ध अन्त्य गर्न तीन वटा शर्त राख्नुभएको छ । अमेरिका र इजरायलसँग चलिरहेको युद्धको बीचमा उहाँले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मार्फत तेहरानको वैध अधिकारको मान्यता, क्षतिपूर्तिको भुक्तानी र भविष्यमा हुने आक्रमणविरुद्ध दृढ अन्तर्राष्ट्रिय ग्यारेन्टीको शर्त राख्नुभएको हो ।

यसैबीच अमेरिका र र इरानले तत्काल युद्ध अन्त्य नहुने सङ्केत दिएका समाचार संस्था रोयटर्सले  जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको आक्रमण नसकिएको बताउनुभएको छ । यस्तै इरानले विश्व बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल २०० अमेरिकी डलर पुग्ने र हर्मुज समुद्री मार्गबाट तेल ढुवानी नहुने चेतावनी दिएको छ ।

अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण हर्मुज समुद्री मार्ग बन्द हुँदा कच्चा तेलको आपूर्ति प्रभावित भएको छ र मूल्यमा तीव्र वृद्धि भएको छ । हर्मुजलाई विश्वभर तेल र ग्यास आपूर्तिका लागि सबैभन्दा महत्वपूर्ण समुद्री मार्ग मानिन्छ । हरेक दिन झन्डै २ करोड ब्यारेल तेल यही क्षेत्र हुँदै आपूर्ति हुने गर्दछ । यो क्षेत्र पर्सियन खाडी र ओमान खाडीको बीचमा रहेको छ ।

यसैबीच अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले तेल बजार स्थिर बनाउन रणनीतिक तेल भण्डारबाट ४० करोड ब्यारेल तेल बजारमा ल्याउने घोषणा गरेको छ । यस्तै अमेरिकाले पनि रणनीतिक तेल भण्डारबाट १७ करोड २० लाख ब्यारेल तेल निकाल्ने बताएको छ ।

अमेरिका र इजरायलको संयुक्त आक्रमणमा इरानी सर्वाेच्च नेता अयातोल्लाह अली खामेनी मारिएपछि मध्यपूर्वमा तनाव बढेको छ । झन्डै दुई हप्ताअघि शुरू भएको युद्धले मध्यपूर्वभरि तनाव बढेको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया