प्रतिनिधिसभामा सीमान्तकृत समुदायको प्रतिनिधित्व कमजोर

 फागुन २८, २०८२ बिहीबार ८:५८:९ | रासस
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधिसभामा सीमान्तकृत समुदायको उपस्थिति अपेक्षाकृत रूपमा कमजोर देखिएको छ ।

प्रतिनिधिसभा सदस्य चुनावकाे प्रत्यक्षतर्फ १६५ सिटमध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) मात्रै सीमान्तकृत समुदायका उम्मेदवार निर्वाचित भएका छन् । त्यस्तै आदिवासी जनजाति २६ जना (१५.७६ प्रतिशत), मधेशी २८ जना (१६.९७ प्रतिशत), थारू पाँच जना (३.०३ प्रतिशत), मुस्लिम चार जना (२.४२ प्रतिशत) र दलित एक जना (०.६१ प्रतिशत) मात्र निर्वाचित भएका छन् ।

सीमान्तकृत समुदायभित्र पनि झन्डै १३.४ प्रतिशत जनसङ्ख्या भएको दलित समुदायको प्रतिनिधित्व झन् कमजोर देखिन्छ । समानुपातिकतर्फ दलहरूले पाएको मतका आधारमा दलित क्लस्टरबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सात महिला र दुई पुरुष गरी नौ जना, नेपाली कांग्रेसबाट दुई महिला र एक पुरुष, नेकपा (एमाले) बाट एक महिला तथा नेकपाबाट एक महिला गरी जम्मा १४ जना प्रतिनिधिसभामा आउने देखिन्छ ।

यो सङ्ख्या प्रतिनिधिसभाको कुल सदस्यको झन्डै ५ प्रतिशत मात्र हो । अघिल्लो संसद् र संविधानसभाका तथ्याङ्क हेर्दा दलित समुदायको प्रतिनिधित्व क्रमशः घट्दै गएको देखिन्छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया