गुल्मीमा आजदेखि हप्तामा चार उडान
बैशाख ५, २०८३ शनिबार
काठमाण्डाै – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज भएका खेलमा त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब विजयी भएका छन् ।
वीरगञ्जमा भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई १३८ रनले हरायो । आर्मीले दिएको २६९ रनको लक्ष्य पछ्याएको कर्णाली ४२ ओभर १ बलमा १३० रनमा अलआउट भयो । कर्णालीका विपिन शाहीले ४० रन बनाए । आर्मीका शाहब आलम र बसिर अहमदले ३/३ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको आर्मीले ४८ ओभरमा सबै विकेट गुमाएर २६८ रन बनायो । आर्मीका अर्जुन साउदले १२१ रन बनाए । कर्णालीका दिनेश अधिकारीले ४ विकेट लिए ।
यो जीतसँगै आर्मी अपराजित रहँदै ६ खेलमा ११ अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । कर्णाली ७ खेलमा ३ अङ्कसहित नवौँ स्थानमा छ ।
यस्तै जनकपुरमा भएको खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ४५ रनले हरायो । एपीएफले दिएको २६० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४६ ओभर ३ बलमा २१४ रनमा अलआउट भयो । सुदूरपश्चिमका अशोक धामीले ५० रन बनाए । एपीएफका युवराज खत्रीले ५ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको एपीएफले ५० ओभरमा ९ विकेट गुमाएर २५९ रन बनायो । एपीएफका सन्दीप जोराले ५५ रन बनाए । सुदूरपश्चिमका शेर मल्लले ३ विकेट लिए ।
यो जीतसँगै एपीएफ ७ खेलमा ७ अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ । सुदूरपश्चिम ७ खेलमा १० अङ्कसहित दोस्रो स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।