गुल्मीमा आजदेखि हप्तामा चार उडान
बैशाख ५, २०८३ शनिबार
काठमाण्डौ - इरानले अमेरिकासँगको ४५ दिने युद्धविरामको प्रस्ताव अस्वीकार गरेको छ । इजिप्ट, पाकिस्तान र टर्कीएका मध्यस्थकर्ताहरूले अमेरिका र इरानलाई हिजो ४५ दिने युद्धविराम प्रस्तावको मस्यौदा पठाएका थिए । प्रस्तावमा हर्मुज जलमार्ग खोल्ने र ४५ दिन अस्थायी युद्धविराम गर्ने उल्लेख थियो ।
युद्धविरामले आफूविरुद्ध युद्धको तयारी गर्न सघाउने इरानको आशंका छ । अमेरिकाले पनि यस युद्धविरामको प्रस्तावमा स्वीकृति नदिएको अमेरिकी समाचारसंस्था सीएनएनले जनाएको छ । इरानी विदेशमन्त्री अब्बास अराग्ची र अमेरिकी मध्यपूर्व दूत स्टिव विटकफमार्फत यो प्रस्ताव पठाइएको थियो ।
यद्यपि, दुवै पक्षबीचको अविश्वास र कडा अडानका कारण सहमतिको बाटो अनिश्चित देखिएको छ । केही समयअघि इरानले आर्थिक क्षतिपूर्ति र पुनः आक्रमण नगर्ने ग्यारेन्टी सुनिश्चित भएपछि मात्रै युद्ध रोक्न सकिने बताएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भोलि बिहानसम्म हर्मुज जलमार्ग खोल्न सामाजिक सञ्जाल ट्रुथ सोशलमार्फत चेतावनी दिनुभएको छ । यसलाई पनि इरानले अस्वीकार गरेको छ ।
यसअघि हिजो पाकिस्तानको नेतृत्वमा इजिप्ट र टर्किएका मध्यस्थकर्ताहरू रहेको टोलीले बनाएको युद्धविरामको योजनालाई ‘इस्लामावाद सम्झौता’ नाम दिइएको छ । ट्रम्पले युद्धविरामको प्रस्तावमाथि अध्ययन गरिरहेको बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।