७ दिनभित्र निलम्बन फुकुवा गर्न राखेपलाई एन्फाको आग्रह

 चैत २४, २०८२ मंगलबार ६:२०:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई आफूमाथिको निलम्बन ७ दिनभित्र फुकुवा गर्न आग्रह गरेको छ । 

एन्फाले पत्रमार्फत राखेपलाई निलम्बन फुकुवा गर्न अनुरोध गरेको हो । एन्फाका अनुसार अन्तर्राष्ट्रिय फुटबल निकायहरूले राखेपको निर्णयलाई तेस्रो पक्षको हस्तक्षेप भन्दै अस्वीकार्य ठहर गरेका छन् । 

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले राखेपले एन्फालाई निलम्बन गरेको घटनाक्रमबारे पत्राचार गर्दै स्थगित भएको चुनावी प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएको पनि एन्फाले जनाएको छ । 

फिफाले गएको चैत १३ गते स्थगित भएको चुनावी प्रक्रिया पुनः शुरू गरी ७ दिनभित्र  सम्पन्न गर्न निर्देशन दिएको छ । फिफाको निर्देशन पालना नगरे त्यसबारे फिफा काउन्सिलमा जानकारी गराइने र नेपाललाई निलम्बनका लागि सिफारिस गर्न सक्ने चेतावनी पनि दिएको छ । यस्तो अवस्था आएमा नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता गुमाउने र फिफा तथा एएफसीबाट प्राप्त हुने आर्थिक सहयोग पनि रोकिने जोखिम रहेको पत्रमा उल्लेख छ । 

पटक-पटकको तहगत चुनाव गर्न आफूले दिएको निर्देशनलाई अटेर गरेपछि राखेपले गएको चैत ११ गतेको निर्णयअनुसार एन्फालाई ३ महिनाका लागि निलम्बन गरेको थियो । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया