वैदेशिक रोजगारीमा जाँदा थप कागजात अनिवार्य राख्नुपर्ने

 चैत २४, २०८२ मंगलबार ७:३९:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले अनिवार्य रुपमा आफूसँग थप कागजात राख्नुपर्ने भएको छ । 

वैदेशिक रोजगार विभागले विज्ञप्ति निकालेर आउँदो चैत २९ गतेदेखि हवाई टिकट र टिकटको बिल र म्यानपावर कम्पनीमार्फत जाने भए बुझाएको सेवा शुल्क बापतको आधिकारिक रसिद राख्न अनुरोध गरेको हो । 

सबै इजाजतपत्र प्राप्त संस्थाले वैदेशिक रोजगारीको सम्बन्धमा श्रमिकबाट प्राप्त गरेको सेवा शुल्कवापतको भौचर/रसिद/भरपाइ अनिवार्य रुपमा श्रमिकलाई उपलब्ध गराउन समेत विभागले अनुरोध गरेको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया