गुल्मीमा आजदेखि हप्तामा चार उडान
बैशाख ५, २०८३ शनिबार
काठमाण्डौ - सरकारले ६ देशका राजदूतहरुलाई फिर्ता बोलाएको छ । राजनीतिक कोटाबाट नियुक्ति पाएका भारत, अस्ट्रेलिया, श्रीलंका, दक्षिण कोरिया, डेनमार्क र दक्षिण अफ्रिकाका राजदूतहरुलाई फिर्ता बोलाइएको हो ।
यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले ३४ वटा मिसनहरुमध्ये १७ वटामा राजनीतिक कोटाबाट नियुक्त गरेको थियो । सुशील कार्की नेतृत्वको सरकारले ११ देशका राजदूतहरुलाई फिर्ता बोलाए पनि ६ देशका राजदूतहरु फिर्ता बोलाइएका थिएनन् ।
अस्ति आइतबार बसेको मन्त्रिपरिषद बैठकले शंकरप्रसाद शर्मा (भारत), चित्रलेखा यादव (अस्ट्रेलिया), पुर्णबहादुर नेपाली (श्रीलंका), शिवमाया तुम्बाहाम्फे(दक्षिण कोरिया), सुम्निमा तुलाधार (डेनमार्क) र कपिल श्रेष्ठ (दक्षिण अफ्रिका)लाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
उनीहरुलाई एक महिनाभित्र फर्किन परराष्ट्र मन्त्रालयले हिजो पत्राचार गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।