गुल्मीमा आजदेखि हप्तामा चार उडान
बैशाख ५, २०८३ शनिबार
काठमाण्डाै – नेपाल टेलिकमले मोबाइल डाटा प्याकेज सकिएपछि मुख्य ब्यालेन्सबाट स्वतः रकम काटिने पुरानो प्रणाली अन्त्य गर्ने भएको छ । यसको सट्टा ग्राहकले आफैँ निर्णय गर्न सक्ने विकल्प उपलब्ध गराइने टेलिकमले जनाएको छ ।
डाटाको ९० प्रतिशत खपत हुनासाथ ग्राहकलाई पूर्वसूचना दिइनेछ र त्यसपछि नयाँ प्याकेज लिने वा ’पे–एज–यू–गो’ मोडमा जाने निर्णय ग्राहकले आफैँ गर्न पाउनेछन् ।
कम्पनीका प्रवक्ता रवीन्द्र मानन्धरकाअनुसार यूएसएसडीमार्फत खरिद गर्ने डाटा प्याकमा यो सुविधा ३ देखि ५ दिनभित्र र मोबाइल एपमार्फत सेवा लिने ग्राहकका लागि ७ देखि १० दिनभित्र लागू हुनेछ ।
साथै नेपाल टेलिकमले ई–सिम वितरण, गुनासो व्यवस्थापन, हराएको सिम पुनः प्राप्ति र सिम स्वामित्व हस्तान्तरणलगायत सबै प्रमुख सेवाहरू अनलाइन माध्यमबाटै उपलब्ध गराउने तयारी गरेको छ । यसले दुर्गम क्षेत्रका ग्राहकलाई समेत कार्यालय नधाई घरबाटै सेवा लिन सहज हुने अपेक्षा छ ।
यी सुधार सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाको निर्देशनपछि कम्पनीले अघि बढाएको १० बुँदे सुधारात्मक कार्ययोजनाकै हिस्सा हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।