मन्त्रिपरिषद् बैठक : पेट्रोलियम पदार्थ आयातमा भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट

 चैत २४, २०८२ मंगलबार १४:२०:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्वीर

काठमाण्डाै – सरकारले पेट्रोल, डिजल र मट्टीतेल आयातमा लगाउँदै आएको भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । आज बसेकाे मन्त्रिपरिषद् बैठकले पेट्राेलियम पदार्थमा भन्सार महसुल र पूर्वाधार विकास करमा छुट दिने निर्णय गरेकाे हाे । 

पेट्रोलियम पदार्थ आयात गर्दा सरकारले भन्सार महसुल, हरित कर, पूर्वाधार विकास कर, सडक मर्मत दस्तुर मूल्य अभिवृद्धि कर (भ्याट) लगाउँदै आएको छ ।

अहिले १ लिटर पेट्रोल आयात गर्दा २५ रुपैयाँ २३ पैसा भन्सार महसुल, १० रुपैयाँ पूर्वाधार विकास कर, १३ प्रतिशत भ्याट, ४ रुपैयाँ सडक मर्मत दस्तुर र १ रुपैयाँ हरित कर लाग्दै आएको छ । यस्तै अहिले डिजेल आयात गर्दा प्रतिलिटर १२ रुपैयाँ ३ पैसा महसुल, १० रुपैयाँ पूर्वाधार विकास कर, १३ प्रतिशत भ्याट, २ रुपैयाँ सडक मर्मत दस्तुर र १ रुपैयाँ हरित कर लाग्छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया