शेयर बजार सामान्य घट्याे, काराेबार रकम ६ अर्ब ७३ कराेड रुपैयाँमा सीमित

 चैत २४, २०८२ मंगलबार १५:५८:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिजो उच्च अङ्कले बढेको शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ६१ अङ्कले घटेर २ हजार ७५७ दशमलव ४० विन्दुमा झरेको छ ।

आज बैंक, होटल तथा पर्यटन, जलविद्युत् र अन्य बाहेक सबै समूहको सूचक घटेकोमा व्यापार समूहको सूचक १ दशमलव ८८ प्रतिशतले ओरालो लागेको छ ।

आज १७५ वटा कम्पनीकाे शेयर घटेकाेमा ८२ वटाकाे बढेकाे छ । यस्तै १२ वटा कम्पनीकाे शेयर घटबढ भएकाे छैन ।

आज नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईबीएल) ग्रोथ फन्डको शेयर सबैभन्दा धेरै ७ प्रतिशतले घटेको छ । बजार सामान्य घटेको दिन भुजुङ हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, श्वेत गङ्गा हाइड्रोपावर एन्ड कन्सट्रक्शन, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेस्ट इनको शेयर १० प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो १० अर्ब ९२ करोडको कारोबार भएकोमा आज ३४५ वटा कम्पनीका १ करोड ७४ लाख कित्ता शेयर ६ अर्ब ७३ करोड रुपैयाँमा किनबेच भएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया