गुल्मीमा आजदेखि हप्तामा चार उडान
बैशाख ५, २०८३ शनिबार
चितवन – पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नतिका क्रममा घोप्टे भीरको भित्तो काट्ने काम सम्पन्न भएको छ । ६ दिनसम्म रातको समयमा सडक आवागमन बन्द गरेर भित्तो काट्ने काम गरेको मुग्लिन–मलेखु सडकका सूचना अधिकारी सचेन्द्र मिश्रले जानकारी दिनुभयो ।
उहाँकाअनुसार घोप्टेभीरको २५० मिटर लामो सडकमा झन्डै ५० मिटर माथिबाट भित्तो काटेर सडकलाई थप ४ मिटर फराकिलो बनाइएको छ । भित्तो काटिएसँगै अब सडक १२ मिटर फराकिलो भएको छ ।
यस्तै मनकामना केबुलकारबाट रमाइलो डाँडा जाने सडकको बीच भागमा पर्ने अर्को एक भित्तो काट्ने काम आधा सकिएको र त्यहाँ ७० मिटर सडक छेउको भित्तो काटेर विस्तार गर्ने योजना रहेको सूचना अधिकारी मिश्रले जानकारी दिनुभयो ।
समग्रमा यहाँ सडक विस्तारको काम ४१ प्रतिशत सम्पन्न भएको छ । अहिले कालोपत्र गर्ने, नाला बनाउने, पर्खाल लगाउनेजस्ता काम भइरहेका उहाँले बताउनुभयो ।
२०७९ सालको पुस १५ गते तीन वर्षमा सम्पन्न गर्ने गरी यो सडकको ठेक्का सम्झौता भएको थियो । समयमा काम नसकिएपछि ६ महिना म्याद थप भएको छ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नागढुङ्गा खण्डलाई तीन चरणमा बोलपत्र आह्वान भएको हो । अहिले काम भइरहेको क्षेत्र तेस्रो चरणअन्तर्गत पर्दछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।