गुल्मीमा आजदेखि हप्तामा चार उडान
बैशाख ५, २०८३ शनिबार
काठमाण्डाै – मध्यपूर्व युद्धका कारण इन्धन सङ्कट चुलिएको भन्दै सरकारले सकेसम्म घरबाटै काम गर्न आग्रह गरेको छ । सरकारले विश्वबजारमा इन्धन सङ्कट गहिरिनुका साथै मूल्यवृद्धिसमेत आकाशिएकाले इन्धन खपतका लागि घरबाटै काम गर्न आग्रह गरेको हो ।
आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सुनाउँदै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले घरबाटै कार्यालयको काम गर्न आह्वान गर्नुभयो ।
मन्त्री रावलले भन्नुभयो, ‘विश्व बजारमा इन्धनको मूल्य बढेको छ । पेट्रेलियम पदार्थ खपत नियन्त्रण गर्नका लागि सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा आइतवार पनि बिदा, शैक्षिक संस्था वैशाख १५ गतेदेखि शुरू गर्ने, उच्च पदस्थ व्यक्तिहरूले पाउँदै आएका इन्धन सुविधामा कोटा कटौतीकाे निर्णय गरेका छाैँ । आवश्यक परे यातायातमा जोर–बिजोर प्रणाली लागू गरिनेछ । सरकारले नागरिकलाई घरबाटै काम गर्न र विद्युतीय गाडीको प्रयोग बढाउन आग्रह गर्छ ।’
मन्त्री रावलकाअनुसार सरकारले दीर्घकालीन रूपमा विद्युतीय गाडीको कानूनी व्यवस्थापनलाई अघि बढाएको छ । यसका लागि इथानोल नीतिमा तयारी भइरहेको उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।