गुल्मीमा आजदेखि हप्तामा चार उडान
बैशाख ५, २०८३ शनिबार
काठमाण्डौ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दुई हप्ताका लागि युद्धविराम गर्न सहमति जनाउनु भएको छ ।
स्ट्रेट अफ हर्मुज तुरुन्त खोल्ने शर्तमा यस्तो सहमति गरिएको ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत जनाउनु भएको छ । ट्रम्पका अनुसार यो युद्धविराम दुईपक्षीय हुनेछ, जसमा अमेरिका र इरान दुवैले आक्रमण रोक्नेछन् । यससँगै इजरायलले पनि अस्थायी रूपमा आफ्नो सैन्य कारबाही रोक्न सहमति जनाएको ह्वाइट हाउसले जनाएको छ ।
यो सहमति पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफको पहलपछि आएको खबरमा उल्लेख छ । उहाँले अमेरिका र इरानबीच कूटनीतिक वार्ताका लागि दुई हप्ताको समय दिन युद्धविराम प्रस्ताव गर्नुभएको थियो । यसबीच, इरानले भने आफूले अमेरिका माथि 'ठूलो विजय' हासिल गरेको दाबी गर्दै १० बुँदे प्रस्ताव स्वीकार गराएको जनाएको छ ।
ट्रम्पले पनि यो प्रस्ताव वार्ताका लागि 'उपयुक्त आधार' भएको बताउनु भएको छ । युद्धविराम घोषणासँगै अमेरिकी शेयर बजार उकालो लागेको छ भने कच्चा तेलको मूल्य घटेको छ । विश्लेषकहरूका अनुसार यो कदमले मध्यपूर्वमा दीर्घकालीन शान्ति स्थापनाको सम्भावना बढाएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नागरिक पूर्वाधार ध्वस्त पार्ने चेतावनीसहित दिएको कडा समयसीमा सकिदै गर्दा यो सहमति बनेको हो । यसअघि ट्रम्पले इरानलाई चेतावनी दिँदै हर्मुज जलमार्ग नखोलेमा कडा आक्रमण गर्ने अल्टिमेटम दिनुभएको थियो । पाकिस्तानको सक्रिय कूटनीतिक पहलले गर्दा तत्कालको लागि ठूलो युद्ध टरेको देखिएको छ ।
युद्धविरामको यो दुई हप्ताको अवधिमा वार्ता सफल भएमा यसले स्थायी शान्तिको बाटो खोल्ने विश्वास गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।