तत्कालका लागि आक्रमण रोक्न इरानका सर्वोच्च नेता खामेनीको निर्देशन

 चैत २५, २०८२ बुधबार ९:२२:२३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको दुई हप्ताको युद्धविरामपछि इरानका सर्वोच्च नेता मोजतबा खामेनीले आफ्ना सबै सैन्य इकाइलाई तत्कालका लागि आक्रमण रोक्न निर्देशन दिनुभएको छ । तर यो युद्धको अन्त्य दीर्घकालीन भने नभएको उहाँको भनाइ छ ।

आवश्यक परे प्रतिक्रिया दिन तयार रहन पनि भनिएको छ । इजरायले पनि युद्धविराममा सहमति जनाएको खबरहरू आइरहँदा पनि केही क्षेत्रमा आक्रमण र मिसाइल चेतावनी जारी गरेको छ । युद्धविराम स्ट्रेट अफ हर्मुज खोल्ने शर्तसँग जोडिएको छ भने पाकिस्तनको मध्यस्थतामा थप वार्ताको तयारी भइरहेको छ । 

यसैबीच, विश्व बजारमा कच्चा तेलको मूल्य घटेको छ भने शेयरको मूल्य बढेको छ, जसले अस्थायी रूपमा विश्व बजारमा राहतको संकेत गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आक्रमण रोक्ने निर्णयलाई स्वागत गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

ट्रम्पले यो पर्याप्त नभएको भन्दै दीर्घकालीन समाधान आवश्यक रहेको बताउनु भएको छ । इरानले पूर्ण रूपमा सैन्य गतिविधि नरोके अमेरिका फेरि पनि कडा कदम चाल्न तयार रहेको उहाँको भनाइ छ । 

हर्मुज जलमार्ग खुला राख्नुपर्ने विषयमा कुनै सम्झौता नहुने संकेत ट्रम्पको छ । तर इरानले अहिलेसम्म यसबारे कुनै पनि प्रतिक्रिया दिएको छैन । आगामी वार्ताले नै मध्यपूर्वको भविष्य र स्थायी शान्ति दिशा तय गर्ने विज्ञहरूको भनाइ छ  ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया