प्रधानमन्त्री शाहद्वारा विदेशी राजदूतहरूसँग छलफल

 चैत २५, २०८२ बुधबार १४:१५:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्वीर

काठमाण्डाै – प्रधानमन्त्री बालेन्द्र शाहले विदेशी राजदूतहरूसँग छलफल गर्नुभएको छ । शाहले आफ्नाे नेतृत्वमा सरकार गठन भएपछि पहिलो पटक विभिन्न देशका राजदूतहरूसँग सामूहिक छलफल गर्नुभएको हो ।

दिउँसो सिंहदरबारमा भएको छलफलमा परराष्ट्रमन्त्री शिशिर खनाल पनि सहभागी हुनुहुन्थ्यो । देशको पछिल्लो राजनीतिक अवस्था र सरकारका प्राथमिकताबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यले सामूहिक छलफल गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

छलफलमा सहभागी राजदूतहरूले नेपालको नयाँ सरकारको कार्यदिशा र प्राथमिकताका बारेमा चासो राखेका छन् । प्रधानमन्त्री शाहले सरकारले सुशासन, आर्थिक विकास र वैदेशिक सम्बन्धलाई सन्तुलित रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया