गुल्मीमा आजदेखि हप्तामा चार उडान
बैशाख ५, २०८३ शनिबार
काठमाण्डाै – देशका सबैजसो ठाउँमा बदली भएर विभिन्न ठाउँमा पानी परिरहेको छ । अहिले बागमतीदेखि सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा पानी परिरहेको छ । कोशी र मधेशका पनि केही ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहान सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा ठूलो पानी परेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेले बताउनुभयो । मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज केही ठाउँमा अत्यधिक वर्षा र धेरै ठाउँमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना छ । उच्च पहाडी र हिमाली भू–भागका एक/दुई ठाउँमा हिमपातको पनि सम्भावना छ ।
आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा, कोशी र बागमती प्रदेशका पहाडी र हिमाली भू–भागका केही ठाउँमा तथा मधेश, कोशी र बागमती प्रदेशका तराई भू–भागका थोरै ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकामा पनि पानी परेको छ ।
आज राति पनि देशका धेरै ठाउँमा वर्षाको सम्भावना छ । राति वर्षा पूर्वतर्फ सर्दै जानेछ । भोलि बिहानदेखि पानी पर्ने क्रम केही कम भएर बेलुकापछि मौसम खुल्न थाल्ने मौसमविद्काे अनुमान छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।