गुल्मीमा आजदेखि हप्तामा चार उडान
बैशाख ५, २०८३ शनिबार
काठमाण्डाै – पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उहाँकी पत्नी पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान विभागको पत्रका आधारमा जिल्ला अदालत काठमाण्डाैले हिजाे पक्राउ पुर्जी जारी गरेको हो । योसँगै देउवा दम्पती फरार सूचीमा पर्नुभएको छ ।
देउवा दम्पतीविरुद्ध यसअघिदेखि नै सम्पत्ति शुद्धीकरणका विषयमा छानबिन भइरहेको थियो । गृह मन्त्रालय स्रोतकाअनुसार रेड नोटिस जारी गर्नकै लागि देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । विदेशमा रहेका व्यक्तिलाई पक्राउ गरी नेपाल ल्याउन इन्टरपोलमार्फत रेड नोटिस जारी गरिन्छ । त्यसको पहिलो औपचारिक कदम पक्राउ पुर्जीबाट शुरू हुन्छ ।
देउवा सपरिवार विदेशमा हुनुहुन्छ । गएको भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनका क्रममा आन्दोलनकारीहरूले देउवा दम्पतीमाथि हातपात गर्नुका साथै घरमा आगजनी गरेका थिए ।
आगजनीका क्रममा देउवा निवासमा जलेका विदेशी र स्वदेशी मुद्रा फेला परेको दाबीसहित कैयौँ भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भए । पछि देउवाले ती भिडिओहरू एआईबाट तयार पारिएका दाबी गर्नुभयो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले पनि आगजनी भएको घरमा पुगेर मुचुल्का बनाई त्यो विषयमा अनुसन्धान थालेको थियो ।
आन्दोलनका क्रममा घरमा आगजनी हुँदा नोट जलेको विषयमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पूर्वऊर्जामन्त्री दीपक खड्का पक्राउ परिसक्नुभएको छ । सरकारले पूर्वप्रधानमन्त्री देउवासहित पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डविरुद्ध पनि सम्पत्ति शुद्धीकरण कसुरमा विस्तृत अनुसन्धान अघि बढाएको छ ।
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले आफ्नो सिफारिशमा भदौ २४ गते देउवालगायत अन्य व्यक्तिहरूको घरमा आक्रमण हुँदा फेला परेको रकमका बारेमा कानूनबमोजिम विस्तृत अनुसन्धान गर्न सिफारिश गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।