गुल्मीमा आजदेखि हप्तामा चार उडान
बैशाख ५, २०८३ शनिबार
काठमाण्डाै – बङ्गलादेश सरकारले पूर्वकप्तान तमिम इकबाललाई बङ्गलादेश क्रिकेट बोर्ड (बीसीबी) को नयाँ अध्यक्ष नियुक्त गरेको छ ।
सरकारले अमिनुल इस्लाम नेतृत्वको कार्यसमितिलाई बर्खास्त गर्दै ३७ वर्षीय इकबाललाई अध्यक्ष नियुक्त गरेको हो । गएको वर्षको अक्टोबरमा भएको बोर्डको चुनावमा धाँधली र अनियमितता भएको उजुरीपछि सरकारले अमिनुल इस्लाम नेतृत्वको कार्यसमितिलाई बर्खास्त गरेको हो ।
तमिम इकबाल बीसीबीको इतिहासकै सबैभन्दा कान्छो अध्यक्ष बनेका छन् । उनले अब ११ सदस्यीय तदर्थ समितिको नेतृत्व गर्नेछन् जसमा पूर्वकप्तान मिन्हजुल आबेदिन र पूर्वक्रिकेटर तथा टिभी कमेन्टेटर अतहर अली खान पनि समावेश छन् ।
यो समितिले आउँदो तीन महिनाभित्र बोर्डको नयाँ चुनाव गराउने मुख्य जिम्मेवारी पाएको छ ।
तमिम इकबाल बङ्गलादेशका महान् खेलाडीमध्ये एक हुन् । उनले बङ्गलादेशका लागि ७० टेस्ट, २४३ एकदिवसीय र ७८ टी–२० खेलेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।