सार्वजनिक गाडीकाे भाडा बढ्याे, कहाँ पुग्न कति लाग्छ ? (सूचीसहित)

 चैत २५, २०८२ बुधबार १६:१८:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्वीर

काठमाण्डाै – सरकारले सार्वजनिक यात्रुवाहक तथा मालवाहक गाडीकाे भाडा बढाएकाे छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सैद्धान्तिक सहमति दिएसँगै यातायात व्यवस्था विभागले आजदेखि लागू हुने गरी भाडा समायाेजन गरेर अन्तर प्रदेश भाडा सूची सार्वजनिक गरेकाे हाे ।

मन्त्रालयको निर्णयअनुसार यात्रुवाहक गाडीमा १६ दशमलव ७१ प्रतिशत भाडा बढेको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २१ दशमलव ६८ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा १५ दशमलव ७५ प्रतिशत बढेकाे छ ।

अन्तरप्रदेश चल्ने गाडीको भाडा विभागले र प्रदेशभित्रको सम्बन्धित प्रदेशले समायोजन गर्ने व्यवस्था छ ।

२०७८ साल चैत ३१ गतेको मन्त्रिपरिषद् बैठकले इन्धनको मूल्यमा हुने घटबढअनुसार सार्वजनिक गाडीको भाडा स्वतः घटबढ हुने गरी स्वचालित भाडा प्रणाली लागू गरेको थियो । पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशत वा त्योभन्दा बढीले घटेमा वा बढेमा त्यही अनुपातमा भाडा समायोजन गर्ने स्वचालित व्यवस्थाअनुसार भाडा बढाउने निर्णय गरेको विभागले जनाएको छ ।

यसैबीच सरकारले बढाएको गाडी भाडा विद्युतीय गाडीमा भने लागू नहुने भएको छ । विभागले सूचना निकालेर यो भाडादर विद्युतीय गाडीका हकमा लागू नहुने जानकारी गराएको हो । इन्धन मूल्यमा भएको बढोत्तरीका हकमा भाडा समायोजन गरिएकोले यो भाडादर विद्युतीय बाहेकमा मात्र लागू हुने विभागले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया