अस्ट्रेलिया र जापानबीच ७ अर्ब डलरको युद्धपोत सम्झौता

 वैशाख ५, २०८३ शनिबार १५:८:५४ | एजेन्सी
unn.prixa.net

तस्वीर : राेयटर्स

अस्ट्रेलिया र जापानबीच रोयल अस्ट्रेलियाली नौसेनालाई उन्नत स्टिल्थ युद्धपोतहरू आपूर्ति गर्न ७ अर्ब अमेरिकी डलरको प्रमुख रक्षा सम्झौतामा हस्ताक्षर भएको छ । अस्ट्रेलियाको मेलबर्नमा भएको यो सम्झौता जापानको सबैभन्दा महत्त्वपूर्ण सैन्य निर्यातमध्ये एक रहेको भारतीय समाचार वेबसाइट ‘फर्स्टपोस्ट’ ले जनाएको छ ।

अस्ट्रेलियाका उपप्रधानमन्त्री एवम् रक्षामन्त्री रिचर्ड मार्ल्स र जापानका रक्षामन्त्री शिन्जिरो कोइजुमीले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । दुवै नेताले यो सम्झौताले द्विपक्षीय रक्षा सम्बन्धलाई अझ बलियो बनाउने बताएका जापानको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा उल्लेख गरेको छ ।

सम्झौताअन्तर्गत जापानले सन् २०२९ देखि शुरू हुने गरी पहिलो तीन वटा उन्नत मोगामी–क्लास फ्रिगेटहरू प्रदान गर्नेछ भने थप आठ वटा अस्ट्रेलियामा निर्माण गरिनेछ ।

यो सम्झौता अस्ट्रेलियाको आफ्नो नौसेना क्षमतालाई सुदृढ पार्ने र इन्डो–प्यासिफिक क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीहरूको सामना गर्ने व्यापक योजनाको एक हिस्सा रहेको खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख २५, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया