सुनको भाउ आज एकैदिन तोलामा ४ हजार ४ सय रुपैयाँले बढ्यो
बैशाख २९, २०८३ मंगलबार
गुल्मी – गुल्मीको रेसुङ्गा विमानस्थलबाट आजदेखि हप्तामा चार पटक हवाई उडान सञ्चालन हुने भएका छन् । नेपाल वायुसेवा निगमले काठमाण्डाैबाट गुल्मीका लागि शनिवार उडान थप गरेको हो ।
यसअघि आइतवार, मङ्गलवार र बिहीवार उडान सञ्चालन हुँदै आएको थियो । निगमका आन्तरिक उडानतर्फ रहेका ट्विनअटर जहाजको मर्मत गरेसँगै उडान तालिका थप गरिएको रेसुङ्गाका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिनुभयो ।
उहाँकाअनुसार निगमको उडान तालिका थप भएसँगै भाडादरसमेत वृद्धि भएको छ । नयाँ भाडादरअनुसार काठमाण्डाैबाट रेसुङ्गाका लागि १० हजार ९०२ र रेसुङ्गाबाट काठमाण्डाैका लागि १० हजार ७०२ रुपैयाँ निर्धारण गरिएको उहाँले जानकारी दिनुभयो ।
निगमले यसअघि काठमाण्डाैबाट रेसुङ्गाका लागि ७ हजार ५०० र गुल्मीबाट काठमाण्डाैका लागि ७ हजार ३०० रुपैयाँ भाडा लिन्थ्यो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।