विश्व अर्थतन्त्रमा भारत दुई स्थान झरेर छैटाैँमा पुग्याे

 वैशाख ५, २०८३ शनिबार १८:२:२५ | एजेन्सी
unn.prixa.net

भारत विश्वका ठूलो अर्थतन्त्र भएको देशको सूचीको छैटौँ स्थानमा झरेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार कुल गार्हस्थ उत्पादन (जीडीपी) का आधारमा भारत चौथोबाट छैटौँ नम्बरमा झरेको हो ।

अहिले ठूलो अर्थतन्त्रको सूचीमा अमेरिका पहिलो स्थानमा कायमै छ । द इकोनोमिक टाइम्सका अनुसार अमेरिकी अर्थतन्त्र झन्डै ३१० खर्ब डलरको छ । दोस्रो स्थानमा रहेको चीनको अर्थतन्त्र २०० खर्ब डलरभन्दा बढी छ । तेस्रोमा जर्मनी, चौथोमा जापान र पाँचौँमा बेलायत छन् ।

सन् २०२९ सम्ममा भारतले जापानलाई उछिनेर तेस्रो नम्बरमा आउने अनुमान थियो । तर त्यसअघि नै जापानलाई पछि पार्दै जर्मनी तेस्रो स्थानमा आएको छ ।

आईएमएफका अनुसार अमेरिकी डलरको तुलनामा भारु कमजोर भएकोले भारतको जीडीपीमा असर परेको हो । यस्तै भारतले जीडीपीको आधार वर्ष संशोधन गरेकाले पनि गिरावट देखिएको छ ।

आईएमएफले यो वर्ष विश्वव्यापी आर्थिक वृद्धिदर ३ दशमलव १ प्रतिशत रहने अनुमान गरेको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया