इरानी प्रस्ताव अमेरिकाले अस्वीकार गरेपछि तेलको मूल्य फेरि बढ्यो

 वैशाख २८, २०८३ सोमबार १८:३१:१७ | एजेन्सी
unn.prixa.net

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्न अमेरिकाले अगाडि सारेका प्रस्तावबारे इरानले दिएको प्रतिक्रिया पूर्णतः अस्वीकार्य भएको बताएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढेको छ ।

इरानले पाकिस्तानमार्फत अमेरिकालाई पठाएको जवाफमा द्वन्द्व तत्काल अन्त्य गर्न आह्वानसहित अमेरिका र इजरायलले इरानमाथि थप आक्रमण नगर्ने सुनिश्चितिता खोजेको इरानको समाचार संस्था तस्निमले जनाएको छ ।

यस्तै इरानले लडाइँबाट खेप्नुपरेको हानिको इरानले क्षतिपूर्ति पाउनुपर्ने र हर्मुजमा इरानको सार्वभौम अधिकार कायम हुनुपर्ने माग गरेको छ ।

योसँगै एशियाको बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ४ दशमलव १ प्रतिशतले बढेर १०५ डलर प्रतिब्यारल पुग्यो । गएको २८ फेब्रुअरीमा युद्ध शुरू भएपछि हर्मुज जलमार्ग अवरुद्ध भएको छ ।

हर्मुज जलमार्गबाट पानीजहाजमार्फत विश्वका विभिन्न ठाउँमा तेल र ग्यासको आपूर्ति हुन नसकेपछि अभाव र मूल्य बढेको हो । अमेरिकाले हर्मुज जलमार्गमा पानीजहाजको आवतजावत खोल्ने र इरानले परमाणु पदार्थ प्रशोधन गर्ने काम स्थगित गर्नुपर्ने शर्तसहित १४ बुँदे प्रस्ताव गरेको थियो ।

केही दिनअघि ट्रम्पले इरान युद्ध चाँडै टुङ्गिने बताए पनि इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले इरानमा थुपारिएको युरेनिअम बाहिर ननिकालिएसम्म युद्ध नटुङ्गिने बताउनुभएको थियो ।

शान्तिवार्ता गर्नका लागि अप्रिल महिनाको शुरूतिर युद्धविराम घोषणा भएको थियो । केही छिटपुट घटनाबाहेक युद्धविराम पालना भएको देखिन्छ ।

इरानलाई एकीकृत प्रस्ताव प्रस्तुत गर्नका लागि समय उपलब्ध गराउन भन्दै ट्रम्पले युद्धविरामको अवधि अनिश्चितकालका लागि लम्ब्याउनुभएको थियो ।

अन्तिम अपडेट: जेठ २९, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया