राष्ट्रिय खुला महिला बास्केटबल असार पहिलो हप्तादेखि
जेठ २९, २०८३ शुक्रबार
काठमाण्डौ — माध्यमिक शिक्षा परीक्षा (एसईई)मा अनुत्तीर्ण भएकालाई आउँदो असार एक गतेदेखि ग्रेडवृद्धि परीक्षा सञ्चालन हुने भएको छ । नन्ग्रेडेड सबै विद्यार्थीले मौका परीक्षा दिन पाउनेछन् ।
बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले यसवर्ष एसईईमा नियमिततर्फ दुई लाख ८४ हजार १ सय ६० विद्यार्थी उत्तीर्ण भएको र एक लाख ४६ हजार ५सय ७ नन्ग्रेडेड भएको जानकारी दिनुभयो । गएको चैत १९ देखि २९ गतेसम्म सञ्चालित परीक्षामा पाँच लाख १२ हजार ४ सय २१ सहभागी थिए ।
बोर्डले परीक्षा सम्पन्न भएको एक महिनामै नतिजा सार्वजनिक गरेको हो । ग्रेडवृद्धि परीक्षाका लागि राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयलाई थप तयारी कक्षा पनि सञ्चालन गर्न आग्रह गरेको छ । त्यस्तै, बोर्डले एसईईको नतिजामा चित्त नबुझेमा पुनर्योग गर्ने तालिका पनि सार्वजनिक गर्नेछ ।
यस्तै यसवर्ष कक्षा ११ को भर्ना प्रक्रिया पनि छिट्टै शुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक अधिकारीले अब कक्षा ११ को भर्ना तयारी थालिने बताउनुभएको छ । शिक्षा मन्त्रालयले सरोकारवाला पक्ष र निकायसँग आवश्यक छलफल गरेर भर्ना र पठनपाठनको मिति तय गर्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।