राष्ट्रिय खुला महिला बास्केटबल असार पहिलो हप्तादेखि
जेठ २९, २०८३ शुक्रबार
काठमाण्डौ — पृथ्वी राजमार्गअन्तर्गत धादिङको बैरेनीमा तीन वटा गाडी ठोक्किँदा ३७ जना घाइते भएका छन् । गल्छी गाउँपालिका–६, बैरेनीमा गएराति रोकिराखेको बा ०३–००१–००६ ख २०५६ नम्बरको ट्रकलाई काठमाण्डौबाट बाग्लुङका लागि छुटेको बा ०१–००६ ख ७४९९ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो ।
लगत्तै काठमाण्डौबाट वीरगञ्जका लागि छुटेको अर्को बस बा ०१–००६ ख ६७१६ ले बाग्लुङका लागि छुटेको बसलाई पछाडिबाट ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएकालाई राति नै उद्धार गरी अस्पताल पठाएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
घाइतेमध्ये ३४ जनाको काठमाण्डौ ट्रमा सेन्टर, शिक्षण अस्पतालसहित विभिन्न अस्पतालमा उपचार भैरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । तीन जना उपचारपछि डिस्चार्ज भएका छन् । तीनवटै गाडीका चालकलाई इलाका प्रहरी कार्यालय गजुरीले पक्राउ गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।