राष्ट्रिय खुला महिला बास्केटबल असार पहिलो हप्तादेखि
जेठ २९, २०८३ शुक्रबार
इरानसँग युद्ध हुनुभन्दा अघि इजरायलले इराकमा २ वटा सैन्य अड्डा निर्माण गरेको अमेरिकी दैनिक पत्रिका ‘द न्यूयोर्क टाइम्स’ ले रिपोर्ट गरेको छ ।
इराकी अधिकारीहरूले हिजो इराकको पश्चिमी मरुभूमिमा इजरायलद्वारा सञ्चालित २ वटा गोप्य सैन्य अड्डा पहिचान गरेका अमेरिकी पत्रिकालाई उद्धृत गर्दै समाचार संस्था अलजजीराले जनाएको छ ।
गएको हप्ता अर्काे अमेरिकी पत्रिका ‘द वाल स्ट्रीट जर्नल’ ले युद्ध शुरू हुनुभन्दा केही समयअघि एउटा सैन्य अड्डा स्थापना गरिएको र अमेरिकाको जानकारीमा सञ्चालन गरिएको रिपोर्ट गरेको थियो । अखबारका अनुसार इजरायली सेनाले मार्च महिनाको शुरूमा साइट पत्ता लगाउन नजिक पुगेका इराकी एकाइहरूविरुद्ध सैन्य अड्डाबाट आक्रमण शुरू गरेको थियो ।
इराकी अधिकारीहरूले यस ठाउँमा कुनै पनि सेनाको उपस्थितिका लागि सम्झौता वा सहमति नभएको बताएका छन् । यद्यपि ‘वाल स्ट्रीट जर्नल’ को रिपोर्टले इराकले मार्च महिनाको अन्त्यतिर अमेरिकासँग निजी रूपमा विरोध दर्ता गराएको र यसलाई इराकी सार्वभौमसत्ताको उल्लङ्घन भनेको बताएको छ ।
अमेरिकाले इराकमा सक्रिय इरान समर्थित सशस्त्र समूहहरूको प्रभावलाई रोक्न उसलाई बारम्बार आग्रह गरेको छ । गएको मार्च महिनामा बगदाद विमानस्थल नजिकै आफ्नो दूतावास परिसरमा आक्रमण भएपछि अमेरिकी सेनाले पपुलर मोबिलाइजेशन फोर्सेस विरुद्ध आक्रमण गरेको थियो ।
यसैबीच इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले यसबारेमा इराकी अधिकारीहरूसँग कुरा गर्ने बताउनुभएको छ । इजरायलले मध्यपूर्व क्षेत्रलाई अस्थिर बनाउन खोजेको उहाँको आरोप छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।