दिउँसै लालटिन बालेर कानून व्यवसायीकाे प्रदर्शन (तस्वीरहरू)

 जेठ ५, २०८३ मंगलबार १५:१:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल बार एसोसिएशनको नेतृत्वमा कानून व्यवसायीहरूले आज सर्वोच्च अदालत परिसरमा दिउँसै लालटिन बालेर साङ्केतिक प्रदर्शन गरेका छन् ।

सर्वोच्च अदालतमा पछिल्लो समय विकसित घटनाक्रमप्रति असन्तुष्टि जनाउँदै उनीहरूले न्यायालयमा देखिएको अवरोध र अन्योलको विरोध गरेका हुन् ।

एसोसिएशनकाे अस्ति आइतवारकाे बैठकले अदालतमा रिट निवेदनसमेत दर्ता हुन नसक्ने अवस्था सिर्जना भएको निष्कर्ष निकाल्दै विरोध कार्यक्रम घोषणा गरेको थियो । त्यही निर्णयअनुसार आज दिउँसो १ बजे बारको कार्यालय प्राङ्गणमा कानून व्यवसायीहरू भेला भएर लालटिन बाल्दै विरोध गरेका हुन् ।

अन्तिम अपडेट: जेठ २९, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया