महिला टी–२० विश्वकपको उपाधिका लागि आज इङ्ल्याण्ड र अस्ट्रेलियाले खेल्दै

 असार २१, २०८३ आइतबार ८:५८:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

सामाजिक सञ्जाल

काठमाण्डौ - आईसीसी महिला टी–२० विश्वकपको उपाधिका लागि आज घरेलु टोली इङ्ल्याण्ड र साविक विजेता अस्ट्रेलियाले खेल्दैछन् ।

लड्र्समा फाइनल खेल नेपाली समयअनुसार बेलुका सवा ८ बजे शुरु हुनेछ । दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन् । इङ्ल्याण्डले सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ४० रनले पराजित गर्दै फाइनलमा पुगेको हो भने अस्ट्रेलियाको महिला टोलीले वेस्ट इन्डिजलाई आठ विकेटले हराउँदै उपाधि नजिकै पुगेको हो ।

अस्ट्रेलिया र इङ्ल्याण्ड विश्व महिला क्रिकेटका दुई शक्तिशाली टोली मानिन्छन् । आजको खेलले विश्व महिला क्रिकेटको च्याम्पियन टोली तय गर्नेछ ।

अन्तिम अपडेट: साउन १६, २०८३

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया