राजनीतिमा थिति माथिबाटै बिग्रिएको छ

 फागुन १३, २०७६ मंगलबार १९:८:४१ | नारायण ढकाल
unn.prixa.net

म राजनीतिबाट अघाएर बाहिर निस्किएको मान्छे । जुन त्याग र समर्पण गरेर जे आशा र विश्वासका साथ म राजनीतिमा लागेको थिएँ । वा भनौँ, राजनीति जे हुनुपर्ने थियो त्यसबाट शिर्ष नेता र दल च्युत हुन थालेको पाएपछि म अब यहाँ बसिराख्न उपयुक्त हुँदैन भनेर राजनीति छोड्ने निर्णयमा पुगेको हुँ ।

कतिपयले मलाई लेखक मन भएको भावुक पनि नभनेका होइनन् तर म मेरो निर्णयमा दृढ छु । म पिञ्चे भावुक मान्छे होइन । जुन ढंगले राजनीति दौडिरहेको थियो म त्यो दौडमा दौडिन नसकेर वा भनौँँ थाकेर मैले लेखनको बाटोलाई मात्र निरन्तरता दिने निष्कर्षमा पुगेको हुँ ।

राजनीतिक स्ट्याण्डभन्दा बाहिर म छैन । कथा वा उपन्यासका पात्र खोज्न, उनीहरुका विचार बुझ्न कुनै प्लटहरुबारे अनुसन्धान गर्न म आम मानिसहरुलाई भेटिरहन्छु । यस्ता भेटमा म उनीहरुको राजनीतिप्रतिको आशा र आकाङ्क्षा थाहा पाउँछु ।

तुलना गर्दा त्यो आशा अपेक्षा र राजनीतिबीच धेरै ठूलो अन्तर देख्छु । जुन धेरै पहिलेदेखि नै देख्न थालेको हुँ । जुन बेलामा म राजनीति गर्थें त्यो बेला केही परिवर्तन गर्ने सपना थियो । र त्यो परिवर्तनले राजनीति गर्नेहरुलाई नभएर आम मानिसलाई लाभ हुन्थ्यो ।

राजनीति र आम मानिसबिचको जुन खाडल छ त्यो एकदमै साँघुरो बनाउँछ भन्ने थियो । राजनीतिलाई एकदमै फोहोरी खेल भन्ने गरिएको सन्दर्भमा म र मजस्ता केही साथी राजनीति फोहोरी खेल नभएर एकदमै पवित्र खेल हो भनेर स्थापना गर्न खोज्दै थियौँ । अनेकौँ चुनौती पनि थिए तर तीनलाई पर्गेलेर अघि बढ्न सकिन्छ भन्ने थियो तर त्यो गर्न सकिएन । र म चाहिँ राजनीतिबाट बाहिरिने निष्कर्षमा पुगेँ ।

राजनीतिको आदर्श

राजनीति र इमानको कुरा गर्दा मुख्य कुरा राजनीति कसका लागि गर्ने ? राज्य कसका लागि बनाउने ? भन्ने हो । यसमा दुई वटा चिन्तन छन् । एउटा राज्य हडप्ने, कब्जा गर्ने र आफ्नो स्वार्थ समूहहरुले प्रयोग गर्ने र अर्को राज्यलाई जनमुखी बनाउने ।

उहाँ अहिले प्रधानमन्त्री हुनुहुन्छ, तर सरकार प्रमुखमा हुनुपर्ने आदर्श र शैली छ त उहाँमा ? भर्खरै उहाँको मन्त्रीमण्डलका सञ्चारमन्त्रीले कमिशनको मोलमोलाई गरेको आरोप लाग्यो र उहाँले राजीनामा दिनुभयो । त्यसमा म उहाँको केही दोष नै देख्दिन । तर, यसबारे उहाँले दिने जवाफ के हो ? खोई अहिलेसम्म आएको ? 

कम्युनिष्टको सिद्धान्त भनेकाे राज्यलाई जनमुखी बनाउने हो । तर २०४६ सालको परिवर्तनपछि जुन किसिमका प्रवृत्तिहरु मैले देख्न थालेँ, म चकित भएँ । रातारात मान्छेहरु कसरी बदलिन थाले ? सम्पत्ति शोषणको आधार हो भन्ने नेताहरुले भूमिगत पालामै घरजग्गा जोडिरहेको थाहा भएपछि दिक्क लाग्न थाल्यो । राजनीतिका असल चिन्तन, विचार, व्यवहार मरेर त जाने होइनन् । ती इतिहासमा चीरकाल पर्यन्त रहिरहन्छन् । अल्पकालीनरुपमा ती छायाँमा पर्लान त्यो छुट्टै कुरा हो । 

भावनात्मक  भन्दा पनि वस्तुगत रुपले भन्ने हो भने केही केही प्रणालीहरु गलतरुपले गए कि जस्तो लाग्छ । जस्तै चुनाव सम्बन्धी जुन फोहोरबाटो हामीले छोड्नुपथ्र्यो त्यो बाटो हामीले छोडेनाैँ । जुन बेला मानव इतिहासमा समाजवाद नै थिएन त्यो बेलामा पनि हामीमा बाँडेर लिने चलन थियो । जस्तै हाम्रो घरको बारीको तरकारी बाँड्ने चलन, कसैको घरमा भत्कियो भने सबैले बनाउन सहयोग गर्ने, मेलापातमा सहयोग गर्ने जस्ता समाजवादी गुणहरु देखिन्थ्यो । ती कुराबाट राजनीति विमुख भयो र व्यक्तिवादी हुँदै गयो र एकदमै विकृत हुन थाल्यो । हामीले त्यसलाई कम गर्न होइन, थप मलजल गर्न लाग्यौँ । 

भन्ने एउटा तर गर्ने अर्कै

यो हाम्रो समाजकै समस्या हो जस्तो मलाई लाग्छ । बाल्यकालमा मैले महान साधुहरु देखेको छु । मेरा बाआमाले उनीहरुको खुट्टामै ढोगेको पनि देखेको छु । एकपटक पशुपतिमा खडेबाबा भनेर चिनिने एक प्रसिद्ध साधु थिए । एकदिन मैले ती खडेबाबालाई पशुपतिको मन्दिरमा मानिसहरुले कुटिरहेको देखेँ ।

के भएको रहेछ भनेर बुझ्दा उनले महिलालाई बलात्कार गरेको भन्ने आरोप लागेको रहेछ । उनले बोल्न नसक्ने त्यहीँकी एउटी युवतीलाई बलात्कार गरेर गर्भवती बनाएको भनेर मानिसहरुले कुटिरहेका थिए । जति कुटे पनि उनले आरोप कबुल गरिरहेका थिएनन् । अनि मलाई लाग्यो मानिसको बाहिरी र भित्री रुप बेग्लै हुँदोरहेछ । गल्ती गर्ने तर त्यसलाई नस्वीकार्ने बरु झनै ढाकछोप गर्ने पाखण्डीहरु धेरै रहेछन् भन्ने मलाई थाहा भयो ।

राजनीति पनि सबै मानिसले गर्न सक्दैनन् । यसमा त्याग, समर्पण, जवाफेदेहीता, पारदर्शिताजस्ता धेरै गुणहरु चाहिन्छन् । मुख्य कुरा नेतृत्वको हो नि ! गर्ने क्रममा गल्ती हुन्छन् होला, त्यसक्रममा गल्ती स्वीकार्ने हो । मैले गल्ती गरेँ भनेर नेतृत्वबाfट हट्नुपर्छ । तर हाम्रोमा चाहिँ गल्ती कसरी छोप्ने र शक्ति देखाउने अनि गलत किसिमबाट पैसा भित्र्याउने भन्ने अभ्यास धेरै नै भइरहेको छ ।

यसको जवाफ जनताले खोज्नेछन् । त्यसको जवाफ उहाँहरुले दिनैपर्छ । उहाँहरुलाई यो ठीक छ, भोलि हाम्रो निधनमा अखबारले महानायक भन्देलान भन्ने ठान्नुभएको छ भने त्यो उहाँहरुको भ्रम हो । उहाँहरु नायक होइन खलनायक हुने बाटोतिर अग्रसर हुनुहुन्छ । राम्रो इतिहास बनाउँछु भनेर लागेको उल्टो इतिहासकै कलंकका रुपमा रहने खतरामा पुगेको देख्छु । 

गल्ती औँल्याइदिने भन्दा ठीक छ भनेर हौस्याइदिनेहरु धेरै छन् । अर्कोतिर शुभचिन्तकले सचेत गराएको कुरा वा यसो गर्नु तपाईँकै लागि पनि हानिकारक छ है भन्नेहरुले भनेको मान्ने होइन, यो त मेरो विरोधी रहेछ भन्ने अचम्मको रोग देखिन्छ । शीर्ष तहमा देखिने यो क्रम दलको सरकारको तल्लो तहसम्मै पुग्छ र तलसम्मै बिगार्छ ।

अहिले प्रधानमन्त्रीले भनेको समृद्धिको गफ नै हावादारी हो । अहिले हामीलाई चाहिएको कुरा यो होइन । मेरो विचारमा अहिले सामाजिक न्यायका केही काम गरे हुन्छ । तिर्न सक्नेलाई धेरै कर र आम्दानी नहुनेलाई नि:शुल्क सेवा उपलब्ध गराए हुन्छ नि । दलालहरु हावी छन् त्यसलाई रोक्नुपर्यो ।

शिक्षा र स्वास्थ्यमा आम मानिसको पहुँच पुर्याउन खोइ काम भएको ? सामान्य विकास पनि नपुगेका ठाउँको विकासको मोडल के होला ? क्षेत्रीय असमानता कसरी घटाउने होला ? महिला र पुरुषको असमानता, गरिब र धनीको असमानता जातीय असमानता कसरी घटाउने होला भन्नेमा ध्यान केन्द्रित हुनुपर्नेमा कुरा मात्र ठूलाठूला गर्ने क्रम बढ्यो । 

यसको जवाफ जनताले खोज्नेछन् । त्यसको जवाफ उहाँहरुले दिनैपर्छ । उहाँहरुलाई यो ठीक छ, भोलि हाम्रो निधनमा अखबारले महानायक भन्देलान भन्ने ठान्नुभएको छ भने त्यो उहाँहरुको भ्रम हो । उहाँहरु नायक होइन खलनायक हुने बाटोतिर अग्रसर हुनुहुन्छ । राम्रो इतिहास बनाउँछु भनेर लागेको उल्टो इतिहासकै कलंकका रुपमा रहने खतरामा पुगेको देख्छु । 

मैले केपी ओलीसँगै एकै दलमा रहेर मैले बर्षाैँ बिताएँ । उहाँले जसरी २०÷२५ वर्षदेखि पार्टीलाई जस्तो बनाउन थाल्नुभयो त्यो आलोच्य छ । कुनै तरिकाबाट पनि यो सही छैन । जसले पार्टीको वा कार्यदिशाबारे बहस गर्छन् तिनीहरुलाई लाखापाखा लाउने, उहाँको चिन्तनमाथि, व्यवहारमाथि प्रश्न गर्नेलाई लखट्ने सामन्तवादी चेन अफ कमाण्ड बनाउनुभएको छ ।

पार्टीभित्र उहाँले बनाएको पल्टन नेपाली जनताको सपनासँग तालमेल गर्दैन । त्यो वास्तवमा नितान्त  व्यक्तिवादी र स्वार्थीसमूहको गठबन्धन हो भन्ने पटकपटक पुष्टि हुँदै आएको छ ।

कम्युनिष्टका केही नेता कार्यकर्ता अहिले जग्गा दलाल छन् । ठेकेदार छन् । कालोबजारी गर्छन् । गैरकानूनी काममा संलग्न छन् । गाउँमा जग्गा प्लटिङ गर्छन् र त्यही जग्गामा पुग्नेगरी सडक खन्ने ठेक्का लिन्छन्। सडक बनाउँछन्, महँगोमा जग्गा बेच्छन् ।

उहाँ अहिले प्रधानमन्त्री हुनुहुन्छ, तर सरकार प्रमुखमा हुनुपर्ने आदर्श र शैली छ त उहाँमा ? भर्खरै उहाँको मन्त्रीमण्डलका सञ्चारमन्त्रीले कमिशनको मोलमोलाई गरेको आरोप लाग्यो र उहाँले राजीनामा दिनुभयो । त्यसमा म उहाँको केही दोष नै देख्दिन । तर, यसबारे उहाँले दिने जवाफ के हो ? खोई अहिलेसम्म आएको ? 

यसको अर्थ नेकपामा अध्यक्ष ओलीको विरोधी समूह र नेता आदर्शवादी र असल छन भन्ने होइन । तिनीहरु पनि वास्तवमा ठीक ठाँउमा छैनन् । जस्तो माधव नेपाललाई मैले चुनावताका दुई वटा प्रश्न गरेको थिएँ ।

उहाँले विचार समूह भनेर सुरु गर्नुभयो त्यसबेला संविधान बनाउने क्रम चलिरहेको थियो मैले सोधेँ– संविधान बनाउदा तपाइँको स्टयान्ड कहाँ छ ? नेपाली जनतालाई थाहा हुनुपर्यो । दोश्रो, तपाइँहरुको विचार समूह भनेको के हो ? आम कार्यकर्तालाई यसले के फाइदा गर्छ ? उहाँले मलाई चित्त बुझ्दो जवाफ दिन सक्नुभएन । त्यसपछि आजसम्म म उहाँको बैठकमा गएको छैन । जान्न पनि । जबसम्म उहाँले मलाई पोलिटिकल्ली कन्भिन्स गर्नुहुन्न, म किन जानु ?

नेकपा र सरकारका अहिले जुन खालका कुराहरु आइरहेका छन् , यसले म थप दुर्घटनाहरु हुने खतरा देख्छु । जुन ढंगले उहाँले पार्टी चलाउँदै हुनुहुन्छ, उहाँ विधिमा होइन व्यक्तिमा केन्द्रित हुनुहुन्छ । उहाँ सदाचारसित जोडिएकै हुनुहुन्न । उहाँका ‘भिजन’ नेपाली नागरिकको सपनासित जोडिएका छैनन् । म घुस खान्न र खान दिन्न पनि भन्नुभयो तर त्यो आम मानिसले पत्याउने अवस्था छैन । खै त्यस अनुसारका काम र व्यवहार ? उहाँ घुस खानुहुन्न होला, म उहाँले घुस खानुभयो भनेर पुष्टि गर्न सक्दिन । तर जुन अवसर उहाँले पाउनुभएको छ त्यसमा उहाँले खोइ आफूलाई पुष्टि गर्न सकेको ? 

कम्युनिष्ट इमान र क्षयीकरण 

राजनीति गर्नुपर्छ भन्ने साेच आउनुअघि म कुन दलमा जाउँ भनेर निकै सोचेँ । मैले पञ्चायत हेरेँ, त्यसबेलाको काङ्ग्रेस पनि नजिकबाट हेरेँ । तर ती सबैभन्दा धेरै अनुशासित, चरित्रवान र त्यागी देखेर म कम्युनिष्ट आन्दोलनतिर आकर्षित भएको थिएँ । मैले सामाजिक न्याय र समाजलाई बदल्न मार्क्सवाद नै चाहिन्छ भन्ने निष्कर्षमा पुगेर कम्युनिष्ट बन्ने निश्चित गरेको थिएँ । तर, पछि पञ्चायतमा मैले घृणा गरेको पात्रहरुभन्दा कम्युनिष्ट नेता कार्यकर्ताको स्तर गएगुज्रेको पाउन थालेँ ।

कम्युनिष्टका केही नेता कार्यकर्ता अहिले जग्गा दलाल छन् । ठेकेदार छन् । कालोबजारी गर्छन् । गैरकानूनी काममा संलग्न छन् । गाउँमा जग्गा प्लटिङ गर्छन् र त्यही जग्गामा पुग्नेगरी सडक खन्ने ठेक्का लिन्छन्। सडक बनाउँछन्, महँगोमा जग्गा बेच्छन् ।

कार्यकर्ता लोभी छ, दास छ, न्यायिक प्रश्न उठाउन तत्पर छैन, गलत कामको ढाकछोपमा गर्छ, स्वभावमा पाखण्डपन छ । तल यस्तो हुनुको कारण माथि ठीक छैन । माथि अर्थात शीर्ष तहमा जे भइरहेको छ तल त्यसकै भद्दा नक्कल भइरहेको छ । भनेपछि त्यो इमान, आदर्श, निष्ठा, त्याग र समर्पणको इतिहास के भयो ? कता गयो ? हामीले राम्रो कम्युनिष्ट आन्दोलनको, गज्जaका कार्यकर्ता बनाउन किन सकेनौँ ? यो गम्भLर बहसको विषय होइन र ? तर खोइ यसबारे छलफल भएको । खोइ यसको कारण खोजिएको ? 

कांग्रेस गतिलो प्रतिपक्षी हुन सकेन र त्यसको नेतृत्व पनि गतिलो देखिएन । तर त्यो आन्दोलनमा धेरै दुख पाएको र आफ्नै इमान र आदर्शमा बाँचेका र जीवन त्यागेका मान्छेहरु मैले देखेको छु ।

तर, अहिले नेकपाभित्र त्यसको किसिमको व्यक्तित्व देख्न पाइरहेको छैन । क्रान्ति अगाडि धेरै ठूलो त्याग र कुर्बानी हुन्छ । मान्छेहरु मर्छन् अनि क्रान्तिपछि विश्वासघाततिर लाग्ने हामी ? यो धेरै ठूलो प्रश्न होइन र ? यसको जवाफ भोलिपर्सि जनताले माग्छन नि । उहाँलाई लाग्ला कि मरेपछि अखबारहरुले महानायक भन्लान्, तर त्यो होइन । जुन ढंगले हामी हिँडिरहेका छौँ, हामी नायक होइन खलनायक हुने बाटो तिर छाैँ । राम्रो इतिहास बनाउँछु भनेको झन झन कलंकित इतिहासतिर लाग्दैछौँ ।

हामी समाज माथितिरबाट भत्काउँदैछौँ । मध्य र उच्च वर्गका मानिस क्यानडा, अमेरिका, अष्ट्रेलिया गइरहेका छन् । बौद्धिक पलायन भइरहेको छ । एउटा किसान किन विदेश जान्छ, उ विदेश जानुमात्र ठूलो कुरो होइन होला तर यता उसको खेतबारी बाँझो भइरहेको छ ।

सम्मानपूर्वक जान पाइरहेको पनि छैन । उत्पादकत्व घटिरहेको छ । रेमिट्यान्स उत्पादनशील भन्दा उपभोगमा खर्च भइरहेको छ । यो त प्रतिगामी कुरा भयो । व्यक्तिवादी होड छ । जसले गर्दा मानिस स्वार्थी भयो, माथिबाट बनाइयो । सम्बन्धका आधारहरु नफेरी नहुने भएको छ । यो गहिराइसम्म हाम्रो सिँगो राजनीति केन्द्रित हुन सकिरहेको छैन । यसो गर्न अनुकूलता नभएको पनि होइन ।

संविधानमै समाजवाद उन्मुख भनिएको छ । कम्युनिष्ट दलले भनेको जस्तो समाजवाद भए त उत्तम भयो । कांग्रेसले भनेकै जस्तो आए पनि ठीकै छ । समाजवादी नामै राखेको दल छ उसले ल्याए पनि भयो । तर मलाई त पूर्ण समाजवाद भन्दा पनि सामाजिक जनवादी मात्र भए पनि हुन्थ्यो जस्तो लाग्न थालेको छ । यसरी, राजनीतिको थिति माथिबाट बिग्रेको छ । यसलाई सङ्ल्याउन पनि माथिबाटै पर्छ । 

कसरी त ?

राजनीति त्याग, समर्पण, इमान र पारदर्शिताको क्षेत्र हो । क्षमतावान, चरित्रवान, ज्ञानी, अध्ययनशील मानिसमात्र यसमा फिट हुन सक्छ । भनेपछि राजनीतिमा आउने मान्छे यी गुण भएको हुनैपर्छ । अध्यक्ष बनाउने मान्छे ननकरप्ट नै होस् । गुट बनाएर करप्सन गर्ने मान्छे अध्यक्ष नहोस् । दलहरु बन्ने प्रणाली पनि बदल्नुपर्छ ।

अहिले माथिबाट दल बन्ने प्रणाली गलत छ । यसले गर्दा मानिस माथिका मानिसको दास भएका छन् । दल स्वतन्त्र मानिसको समूह नभएर मालिक र दास जस्तो सम्बन्धमा छन् । यसलाई बदलेर तलबाट बन्ने प्रक्रिया थाल्नुपर्छ । यो चुनौतीपूर्ण छ तर गर्न नसकिने होइन । जस्तो कि ल्याटिन अमेरिकामा यो प्रक्रिया थालिसकिएको छ ।

३०–३५ वर्षको अवधिमा उनीहरु परीक्षण गर्दै त्रुटिहरु सच्याउँदै अघि बढिरहेका छन् । कुनै पनि व्यक्ति जमिनदार जस्तो माथिबाट टक्रक्क आएर साहु महाजनजस्तो गरी नेता बन्ने कुरा गलत छ । संस्थाहरु बनाउनुपर्यो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्पक्ष भएर काम गर्नुर्यो । सम्पत्ति शुद्धीकरण सम्बन्धी निकायहरु प्रभावकारी र निष्पक्ष हुनुपर्यो ।

आलोचना गर्नेलाई गाली होइन प्रोत्साहन गर्नुपर्यो । पारदर्शितामा काम गर्नुपर्ने संस्था गतिलोगरी काममा लाग्नुपर्यो । प्रहरी बलियो बनाउनुपर्छ । हामीले लोकतन्त्र आएपनि संस्था बनाउन सकेनौँ । सबै ध्वस्त बनाउँदै गयौँ । विश्वविद्यालय ध्वस्त भए । जताततै राजनीतिको कुप्रभाव पर्यो । भ्रष्टाचार मौलायो र क्षमताको आधारमा होइन पैसा वा यस्तै लाभका आधारमा पदमा पुग्ने अवस्था आयो । त्यसैले अब संस्था बनाउनैपर्छ ।

अहिलेको यो अवसर नेकपाको नेतृत्व र सरकारको नेतृत्वले बुझ्नै पर्छ, आफूलाई सच्याउनुपर्छ । किन पनि भने अब यो अवसर पनि हामीले खेर फाल्यौँ भने अथवा अहिलेको व्यवस्थासँग जनताको मोहभंग भयो भने इतिहासमा हामीले प्रयोग गरेका सबै राजनीतिक व्यवस्था निरर्थक सावित हुनेछन् । र, त्यो मानवताका हिसाबले हामीले थेग्न नसक्ने संकट हुनसक्छ ।

(तत्कालीन माले र एमालेमा बर्षौँ राजनीति र पत्रकारिता गरेका ढकाल राजनीति आदर्श र सिद्धान्तबाट च्युत हुँदै गएको भन्दै राजनीति छोडेर लेखनमा मात्र सक्रिय हुनुहुन्छ । ढकालसँग लक्ष्मण कार्कीले गरेको कुराकानीमा आधारित)

अन्तिम अपडेट: असार १०, २०७७

नारायण ढकाल

तत्कालीन माले र एमालेमा बर्षौँ राजनीति गरेका ढकाल हाल राजनीति छोडेर लेखनमा मात्र सक्रिय हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया