नेपालमा सलहको प्रकोप एक महिनासम्म रहन सक्ने विज्ञकाे प्रक्षेपण

 असार १४, २०७७ आइतबार १२:३२:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – शनिबार बाराबाट प्रवेश गरेको सलह किरा नेपालमा एक महिनासम्म रहन सक्ने विज्ञहरुले प्रक्षेपण गरेका छन् । 

वयस्क र बच्चाको समूहमा नेपाल प्रवेश गरेको सलह किरा नेपालमा बढीमा एक महिनासम्म रहन सक्ने प्रक्षेपण विज्ञहरुको छ । वयस्क सलह बढीमा दुई हप्ता र बच्चा सलह एक महिनासम्म बाँच्न सक्ने कृषि विभागका पूर्व महानिर्देशक डाक्टर डिल्लीराम शर्माले बताउनुभयो ।

उहाँले भन्नुभयो, 'वयस्क सलह अण्डा पार्न पाएन भने दुई हप्ताभन्दा बढी बाँच्न सक्दैन । उसलाई अण्डा पार्न राजस्थान नै जानुपर्ने हुन्छ । बच्चा सलह बढीमा एक महिनासम्म नेपालमा बाँच्न सक्छ ।' सोमबारसम्म हावाको गति परिवर्तन भएमा दाङ, बाँकेसम्म पुग्न सक्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

आठ/दश करोडको समूहमा आएर बाली सखाप पार्ने प्रजातिको यो किरा नेपालमा दुई/चार लाखको समूहमा मात्रै आएकाेले नियन्त्रण गर्न सकिने उहाँले बताउनुभयो । अहिले डराउनै पर्ने अवस्था नभएको उल्लेख गर्दै उहाँले सरकारले विषादी प्रयोग गरेर र किसानहरुले धुँवा लगाउने, ड्रम बजाएर यसलाई नियन्त्रण गर्न सकिने अवस्था रहेको बताउनुभयो ।

सलह शनिबार भारतबाट नेपालको तराईका जिल्ला हुँदै पहाडी जिल्लाहरुमा समेत प्रवेश गरेको थियो । सलह किरालाई बिहानको विषादी प्रयोग गरी नष्ट गर्न सकिने विज्ञहरुको भनाइ छ । साँझ एक ठाउँमा गएर बस्ने र बिहान आठ/नाै बजेपछि मात्रै बाली खान खेतमा पस्ने भएकाेले बिहान पाँच/छ बजेको समयमा विषादी प्रयोग गरी नियन्त्रणमा लिन सकिने अवस्था रहेको विज्ञहरुले बताएका छन् । 

अन्तिम अपडेट: असार २२, २०७७

2 Comments

  • Bikram ghimire

    June 28, 2020, 1:41 p.m.

    के सलह एकमहिना सम्म राख्ने योजना बनाउन सक्छ त ?

  •  0 Reply
  • Darshan gupta

    June 28, 2020, 1:31 p.m.

    गोरखाको सतिपिपल भन्ने ठाउँमा पनि सलह कीरा आएको छ , हामीले बिहान देखेको / ५० भन्दा बढी सलह मारिसक्यों ..अरुले पनि धेरै मारेका छन् /

  •  0 Reply

तपाईको प्रतिक्रिया