आधाभन्दा बढी टाेकियाेवासी सन् २०२१ मा ओलम्पिक गराउने पक्षमा छैनन् : सर्वेक्षण

 असार १५, २०७७ सोमबार १९:२७:४ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – आधाभन्दा धेरै टोकियोका नागरिकले सन् २०२० को लागि टरेको ओलम्पिक २०२१ मै हुनुपर्छ भन्ने पक्षमा आफू नरहेको बताएका छन् । 

एएफफीको प्रतिवेदन अनुसार सोमबार एक सर्वेक्षण प्रकाशित गरेको थियो । जसमा टोकियोका कैयौँ व्यक्तिले कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै ओलम्पिकको मिति सारिनुपर्ने वा रद्द नै गरिनुपर्ने बताएका थिए । 

यो सर्वेक्षण जापानको दुई वटा न्युज अर्गनाइजेशनले गराएका थिए । जापानका स्वास्थ्य विशेषज्ञहरुले ओलम्पिक एक वर्षअघि सारिए पनि सुरक्षित रुपमा खेलाउन कठिन हुने बताएका छन् । 

पछिल्लो हप्ताको अन्त्यमा गरिएको सर्वेक्षणमा ५१ दशमलव ७ प्रतिशत व्यक्तिले ओलम्पिकको मिति अघि बढाउनुपर्ने वा रद्द गरिनुपर्ने बताएका थिए, ४६ दशमलव ३ प्रतिशत व्यक्तिले भने ओलम्पिक निर्धारित समयमै हुनुपर्ने बताएका थिए । 

अन्तिम अपडेट: असार १५, २०७७

तपाईको प्रतिक्रिया