नेप्सेमा पाँच अङ्कको सुधार

 असार ३०, २०७७ मंगलबार १९:३९:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शेयर बजार परिसूचक नेप्से मङ्गलबार सामान्य बढेको छ । नेप्से मङ्गलबार पाँच दशमलव शून्य ४ अङ्कले बढेर १३ सय ४७ दशमलव ४४ बिन्दुमा पुगेको छ । 

मङ्गलबार व्यापार, विकास बैंक, फाइनान्स, उत्पादन, निर्जीवन बीमा र अन्य समूहको शेयर घटेको छ भने अरु सबै समूहको शेयर बढेको छ ।

त्यस्तै माइक्रो फाइनान्स समूहको शेयर ६४ र होटल समूहको शेयर ५५ अङ्कले बढेको  छ । मङ्गलबार ९९ करोड ४५ लाख रुपैयाँ बराबरका २५ लाख ६८ हजार कित्ता शेयर किनबेच भएका छन् । 

एनआईसी एसिया ब्यालेन्स फण्ड र एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सबैभन्दा धेरै १० प्रतिशत कमाएका छन्  । 

समग्र शेयर बजार बढे पनि समृद्धि फाइनान्स कम्पनीका शेयरधनीले सबैभन्दा धेरै साढे ६ प्रतिशतभन्दा धेरै गुमाएका छन् । 


 

अन्तिम अपडेट: असार ३१, २०७७

तपाईको प्रतिक्रिया