भोलिदेखि फेरि जोर–बिजोर प्रणाली लागू, उपत्यका प्रवेशमा थप कडाइ

 साउन २१, २०७७ बुधबार २०:४५:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले भाेलि बिहीबारदेखि सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गरेको छ । देशैभरि कोरोना सङ्क्रमण फैलिएको भन्दै गृह मन्त्रालयले बिहीबारदेखि फेरि जोर–बिजोर लागू गर्ने निर्णय भएको जनाएको छ ।

काठमाण्डौ उपत्यका र दुई सयभन्दा धेरै सङ्क्रमित रहेका जिल्लामा बिहीबारदेखि नै जोर–बिजोर प्रणाली लागू हुने गृहले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

यस्तै काठमाण्डौ प्रवेश गर्ने ढुवानीबाहेकका सबै  गाडीलाई बेलुकी ७ देखि बिहान ७ बजेसम्म प्रवेशमा रोक लगाइएको छ । कोरोना सङ्क्रमण बढ्दै गएका जिल्ला क्रमशः बन्द गर्दै जाने र परीक्षण बढाउन आग्रह गर्ने पनि गृहले जनाएको छ ।

अन्तर्राष्ट्रिय सीमा नाकामा थप कडाइ गर्ने र सामूहिक भोज भतेर र समारोह पूर्ण रुपमा बन्द गर्ने पनि गृह मन्त्रालयले जनाएको छ । 
 

गृह मन्त्रालयकाे विज्ञप्ति :

अन्तिम अपडेट: भदौ ९, २०७७

तपाईको प्रतिक्रिया