भारतकाे केरलामा पहिराे : १६ जनाकाे ज्यान गयाे, ६० भन्दा धेरै बेपत्ता

 साउन २३, २०७७ शुक्रबार १९:२६:५१ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – भारतको केरलामा ठूलाे वर्षापछि पहिरोमा जाँदा १६ जनाको ज्यान गएको छ । ६० जनाभन्दा धेरै बेपत्ता भएका छन् । 

इडुक्की जिल्लामा गएको ठूलो पहिरोमा १६ जनाको ज्यान गएको र हराइरहेका ६० जनाभन्दा धेरैको खोजी भइरहेको केरलाका मुख्यमन्त्री पिनारइ विजयनले बताएको बीबीसीले जनाएको छ । ५० जनाको उद्धार गरिएको छ । 

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्ति गर्दै मृतकका परिवारलाई जनही दुई लाख र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ दिने घोषणा गर्नुभएको छ । 

केरला राज्यमा ठूलो वर्षापछि ठाउँ–ठाउँमा बाढी र पहिरोको प्रकोप बढेको छ ।  

तस्बिर : बीबीसी

अन्तिम अपडेट: साउन ३२, २०७७

तपाईको प्रतिक्रिया