सुनको भाउ एकैदिन तोलामा ६ हजार रुपैयाँ घट्यो

 साउन २८, २०७७ बुधबार ११:१५:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लगातार उकालो लागेको सुनको भाउ आज भने घटेको छ ।

तोलामा ६ हजार २ सय रुपैयाँ घटेर सुनको भाउ आज तोलाको ९५ हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन हिजो तोलाको एक लाख एक हजार ६ सय रुपैयाँ थियो । सुनको भाउमा एकैदिन धेरै रुपैयाँ घटेको यो पहिलो घटना हो । यस्तै चाँदी आज तोलामा २ सय २५ रुपैयाँ घटेर तोलाको एक हजार २ सय १० रुपैयाँमा झरेको छ ।

रुसले कोरोनाविरुद्धको खोप तयार गरेको घोषणा गरेकाले अन्तर्राष्ट्रिय बजारमा नै भाउ घटेपछि नेपालमा पनि केही सस्तो भएको महासंघ अन्तरर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: असोज १, २०७७

1 Comments

  • Pardeep bista

    Aug. 12, 2020, 12:58 p.m.

    हो नि गरिप ले सुन देख्नै न पाउने भए धनी ले मतै देखन पाउने भये खोइ कस्तो हो घत्नु पर्छ न

  •  0 Reply

तपाईको प्रतिक्रिया