कलाकार हरिवंश आचार्य दम्पती काेराेना सङ्क्रमणबाट मुक्त

 कात्तिक ६, २०७७ बिहिबार १७:५:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य र उहाँका श्रीमती रमिला आचार्य कोरोना भाइरसकाे सङ्क्रमणबाट मुक्त हुनुभएकाे छ । 

सामाजिक सञ्जाल फेसबुलमा स्टाटस लेख्दै वरिष्ठ कलाकार आचार्यले आफूहरु कोरोनामुक्त भएको जानकारी दिनुभएकाे हाे ।  

फेसबुकमा कलाकार आचार्यले आफूहरुको रिपोर्ट नेगेटिभ आएको भन्दै माया गर्ने सबैलाई धन्यवाद दिनुभएकाे छ । १६ दिनअघि कोरोना भाइरसको सङ्क्रमण देखिएपछि आचार्य दम्पती होम आइसोलेशनमा रहनुभएकाे थियाे ।

अन्तिम अपडेट: कात्तिक २८, २०७७

तपाईको प्रतिक्रिया