मुक्तिनाथ विकास बैंक 'युरोपियन माइक्राेफाइनान्स अवार्ड २०२०' बाट पुरस्कृत

 मंसिर ५, २०७७ शुक्रबार २०:१८:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मुक्तिनाथ  विकास बैंक लक्जमबर्गमा आयोजित 'युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०' को विजेता बनेकाे छ । 

बैंकले साना तथा लघु बैंकिङ कार्यक्रममा आबद्ध न्यून आय भएका सदस्यहरूलाई प्रदान गरी रहेको नवीनतम र ग्राहकमैत्री समावेशी बचत सेवाहरूको प्रभावकारिता र त्यसले सदस्यको जीवनमा पारेको सकारात्मक परिवर्तनलाई अन्तर्राष्ट्रिय स्वतन्त्र विशेषज्ञ छनाेट समितिले अध्ययन तथा अनुसन्धान गरी यस पुरस्कारबाट पुरस्कृत गरिएकाे हाे । 

'युरोपियन माइक्रो फाइनान्स अवार्ड २०२०' को लागि ३७ राष्ट्रबाट ७० वटा संस्थाले सहभागिता जनाएका थिए । यस प्रतियोगिताको लागि उत्कृष्ट तीनमा नेपालबाट मुक्तिनाथ विकास बैंक लगायत वेनिन र इथियाेपियाकाे एक/एक वटा लघुवित्त संस्थाहरू छनाेट भएका थिए । यो पुरस्कारबापत मुक्तिनाथ विकास बैंकले नगद एक लाख युरो प्राप्त गरेको हाे । यो पुरस्कार रकमबाट न्यून आय भएका सदस्यहरूलाई डिजिटल बैंकिङमा सहभागी गराउन विभिन्न कार्यहरू गरिनेछ ।

मुक्तिनाथ विकास बैंकको ४२ जिल्लामा रहेका एक सय ३८ वटा शाखामध्ये एक  सय १८ शाखामार्फत साना तथा लघु बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । साना तथा लघु बैंकिङ अन्तर्गत एक लाख ८० हजारभन्दा बढी ग्राहक सदस्यहरूले प्रत्यक्ष सेवा लिइरहेका छन् भने यो क्षेत्रमा १७ अर्ब रूपैयाँभन्दा बढी लगानी रहेको छ । 

अन्तिम अपडेट: मंसिर १४, २०७७

तपाईको प्रतिक्रिया