नेपालीले विदेशमा ५ अर्ब २९ करोड खर्चिँदा विदेशीले भने नेपालमा डेढ अर्ब मात्रै खर्च गरे

 मंसिर ११, २०७७ बिहिबार १७:३३:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डा‌ै – चालु आर्थिक वर्षको पहिलो तीन महिनामा भ्रमण आयमा साढे ९१ प्रतिशतले कमी आएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार यो आर्थिक वर्षकाे साउन, भदौ र असोजमा भ्रमण आय अर्थात विदेशीले नेपालमा गर्ने खर्च १ अर्ब ४७ करोड रुपैयाँ मात्रै रहेको छ । जबकी गएको आर्थिक वर्षको पहिलो तीन महिनामा भ्रमण आय १७ अर्ब ३३ करोड रुपैयाँ थियो । 

यस्तै चालु आर्थिक वर्षको पहिलो ३ महिनामा नेपालले विदेशमा खर्च गर्ने रकम पनि ७४ दशमलव ८ प्रतिशतले घटेर ५ अर्ब २९ करोड रुपैयाँमा  सिमित भएको छ । यसमध्ये शिक्षातर्फ नेपालीले विदेशमा ४ अर्ब ४० करोड रुपैयाँ खर्च गरेका छन् । 

गएको आर्थिक वर्षको पहिलो ३ महिनामा नेपालीले विदेशमा २१ अर्ब रुपैयाँ खर्च गरेका थिए । जसमा शिक्षा तर्फको खर्च १० अर्ब १८ करोड रुपैयाँ रहेको थियो । 

अन्तिम अपडेट: मंसिर १४, २०७७

तपाईको प्रतिक्रिया